देउवाका आडम्बरका कारण काङ्ग्रेस सकिदैँ

देउवाका आडम्बरका कारण काङ्ग्रेस सकिदैँ

…….- देवेन्द्र सापकोटा
यो सत्य हो कि एमाले नफुटेको भए काङ्ग्रेस पहिलो शक्ति कुनै हालतमा पनि बन्दैन थियो । यो पनि सत्य हो कि यदि देउवाको ठाउँमा गगन संसदीय दलको नेता भई दिएको भए काङ्ग्रेस सत्तापक्षमा हुने थियो । कारण के ? भन्नुहुन्छ भने काठमाडौ क्षेत्र नं ०४ मा अर्थात् गगन थापाको क्षेत्रमा रास्वपाको कुनै पनि प्रतिस्पर्धी थिएन । साथै काङ्ग्रेसकै शेखर कोइराला र युवा नेताहरू विश्वप्रकाश शर्मा, प्रदीप पौडेल लगायतको समर्थन थियो । यदि गगन संसदीय दलको नेता भई दिएको भए राप्रपा, जनमत पार्टीहरूको पनि समर्थन हुन्थ्यो भन्ने आशय गुपचुप रूपमै भए पनि बाहिरिएको थियो ।

देउवाले प्रचण्डलाई पहिलो कार्यकाल प्रधानमन्त्री दिएको भए सम्भवत: काङ्ग्रेस कै सत्तारोहण हुन्थ्यो । तर देउवाको दम्भी स्वभावका कारण त्यो पनि हुन सकेन । यीनै कारणले काङ्ग्रेस पतित हुँदै छ । “अब शेरबहादुर देउवाले सभापति पदबाट पनि राजीनामा दिनुपर्छ” भन्ने गुरुराज घिमिरे माग नाजायज हो जस्तो लाग्दैन । स्वयं काङ्ग्रेसले ६८ बर्ष पछि अशक्त भइन्छ भनेर वृद्धभत्ताको योजना अगाडि बढायो तर देउवा भने ७६ बर्ष पुग्दासम्म प्रमको महत्वाकांक्षी हुन छाडेका छैनन् ।

SUBSCRIBE US ON YOUTUBE

DKNEPAL AD SPACE

यतिमात्र होइन जब ०७९/८० लागि बजेट विभाजन गरियो तब प्याड आयात गर्दा लाग्ने १५ प्रतिशत भन्सार शूल्कलाई १.५ प्रतिशत झारियो । कारण प्रष्ट छ शेरबहादुर देउवाका छोरा जयवीर देउवाको blue print नामक प्याड आयात गर्ने संस्थामा ७० प्रतिशत भन्दा धेरै शेयर छ र विदेशबाट प्याड आयात गर्दा जम्मा १.५ प्रतिशत भन्सार शूल्क लाग्छ भने प्याड बनाउन लाग्ने कच्चा पदार्थमा ३० प्रतिशत भन्सार शूल्क लाग्छ । जबकि नेपालमा ४० भन्दा बढी प्याड बनाउने संस्था छन् ।

चुनावका बखत आरजु राणाको अभिव्यक्ति विवादास्पद भएको थियो । उक्त घटनाबाटै प्रष्ट हुन्छ कि शिर्षस्थ नेताहरूलाई न त अख्तियार लाग्छ न कानुन नै । ७६ बर्षीय शेरबहादुर देउवाका आडम्बरका कारण आज काङ्ग्रेस दिनप्रतिदिन कमजोर बन्दै गई रहेको छ । होइन भने हेर्नुहोस् न त केन्द्रमा सत्ता पाए न त प्रदेशमा पाउने छाँटकाँट देखिन्छ । यीनै क्रियाकलापले छ्याङ्ग छ कि अब देउवाबाट पार्टी अझ शक्तिशाली हुन सक्दैन तसर्थ: युवा जमातमा पुस्तान्तरण हुन अत्यावश्यक छ ।

राणा शासन ढाल्न शसक्त भूमिका खेलेको काङ्ग्रेस आज वीपी, गणेशमानको बाटोमा त हिड्न परै जाओस् नसलवादमा भागबन्डा मिलाउँदै फुर्सत छैन । अझ MCC र SPP जस्ता विवादास्पद योजना आफ्नै कार्यकालमा अनुमोदन गरी अझै खाल्डोमा धकेल्लिई रहेको छ ।

gmail:- debendrasp99@gmail.com

२०७९ पुष १३, बुधबार प्रकाशित

Dknepal हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।