यतिखेर डाक्टर बाबुराम भट्टराई विवादमा परेका छन। भारतमा एकजना धर्म गुरूले गंगामा दूध चढाइरहेको फोटोमा आपत्तिजनक शिर्षकमा फोटो सार्वजनिक गरेका थिए, सोही अंशको स्कृनशट लिएर बाबुरामले आफ्नो ट्विटरमा सार्वजनिक गरेका थिए । सो पोस्टलाइ हिन्दूधर्मावलम्बीले व्यापक बिरोध गरेका छन । यसै क्रममा एक नेता कमल थापाले पनि सो पोस्टको बिरोध गर्दै रीट्विट् गरेका छन। यसै सन्दर्भमा श्री कालिका संस्कृत विद्यापीठका प्राध्यापक श्याम खनालले आफ्नो फेसबूकमा यसो लेख्छन।
📝 टाई काट्नेबाट सुरु भएको माओवादी आन्दोलनलाई गाई काट्नेमा परिणत गराउने JNU प्रशिक्षित यी नेतालाई बुझ्न किन यति ढिलो । रुकुम रोल्पा गोर्खा आदि पहाडी भेगमा क्रिश्चियनीकरणको अपार सफलतापछि तराईमा पनि त्यस्तै गराउने उद्देश्य अनुरुप जनता समाजवादी भन्ने पार्टी मार्फत् यो काममा अहोरात्र खटिरहेका छन् ।
अर्को कुरा भरखर सरकार परिवर्तन भएको छ । निवर्तमान सरकार विधिले चलेको थियो वा थिएन त्यो संविधानविद्हरू नै जानुन् । संविधानमै खोट भएकोले यस्तो संविधानलाई हाम्रो देशको धर्म संस्कार अनुरुप ढालेर परिवर्तन गर्नपर्छ भन्ने माग भएका अधिकांशलाई केपी ओलीले संविधान मिचे या मिचेनन् त्यतातिर ध्यानै भएन ।
( Circulated by my classmates in India) pic.twitter.com/cJLDuANLDd
— Baburam Bhattarai (@brb1954) July 21, 2021
तर छातिमा हात राखेर कसैको लाज छोप्ने टालो नभई भन्न सक्ने आँट कसैमा छ भने- कम्युनिष्टको नास्तिक स्कूलिङ जसले वैदिक सभ्यताको विरोध गरी यहाँ क्रिसमस र वकर ईदमा खुशियाली साट्छ त्यस्ताबाट आएका केपी ओलीले आफ्नो धर्म संस्कार र संस्कृतिलाई केही बुझेर वैदिक सभ्यताको पक्षमा थोरै भएपनि जब काम गर्न सुरु गरे अनि बाबुरामको तारोमा यिनी परे । त्यसको परिणाम स्वरुप अहिलेको सरकार बनेको हो । बाबुराम र माधव नै यसका प्रमुख नायक हुन् । देशमा केही गर्ने भनेरै जङ्गल पसेका प्रचण्ड पनि बाबुरामको घेरावन्दीले क्रिश्चियनहरूको नून खान पुगेकाले विचरा अहिले पनि भित्रै भित्रै केही बुझे पनि यिनी कर्ण हुन पुगेका छन् । यो कुरो शेरबहादुर देउवाले पहिला त अलि अलि बुझेका थिए । त्यसैले नयाँ सरकार बनाउने कुरामा यिनको अनिच्छा थियो । धर्मनिरपेक्षताका प्रमुख वकालतकर्ता संस्कृतज्ञ काङ्ग्रेसका एकजना बडा नेताले यिनले नयाँ सरकार बनाउन नमान्दा सार्वजनिक स्थलमा पनि बेइज्जत गर्ने प्रयास गरेका थिए । तर जब पछि सरकार-प्रमुखकै लोभले उनी पनि यो गठबन्धनमा फसे । पहिला जस्तो संस्कार भए पनि नवलपरासी-१ बाट चुनाब जितेपछि देवघाटका सन्त महन्तको संगतले अलिकति भएपनि वैदिक धर्म बुझेका काङ्ग्रेसका महामन्त्री सशाङ्क कोइराला यो कुरामा अधिकांश समय मौन देखिए ।
अगाडि जे भयो । फेरी पनि देश र धर्म बचाउने अन्तिम चान्स काङ्ग्रेसमा आएको छ । वैदिक धर्मप्रति आस्था भएका धेरै मानिस अहिले विभिन्न पार्टीमा छरिएर रहेका छन् । उनीहरू नास्तिक नै भए पनि हाम्रो देश र संस्कृतिप्रति चिन्तित छन् । देशमा निरपेक्षता किन ल्याएको रहेछ भन्ने बल्ल बुझ्दैछन् ।
भारतमा अटल विहारी वाजपेयीले जसरी त्यहाँका गाइमारा र भाइमाराको काँध चढेर प्रधानमन्त्री भई वैदिक सभ्यताको रक्षार्थ उनीहरूले थाहा नपाउने गरी एउटा जग बसालेका थिए जसको परिणामस्वरुप भारतमा राक्षसहरूको टाउको दुखाउने मोदी योगी सरकारले अत्यधिक बहुमतका साथ जनप्रेमी काम गरिरहेको छ त्यसरी नै तपाइँ शेरबहादुरजी पनि जस्ताको काँध चढेर प्रधानमन्त्री भए पनि वैदिक धर्म अनुकुल देशको विकासमा सक्रिय हुनुहोला ।
उप-प्राध्याप:- श्याम खनाल (नेपाल संस्कृत विश्वविद्यालय)
( गण्डकी प्रदेश)