काठमाडौं । एका बिहानै खाली पेटमा कफीको सेवन गर्ने बानी छ ? त्यसो भए एक पटक विचार गर्नुहोस् त तपाईले पिएको त्यहि कफीले तपाँईको शरिरलाई कत्तिको फाईदा पुगेको छ । बिहान कफी पिउने धेरैको बानी हुन्छ । हुनत: कफीको सेवनले सक्रिय र शक्ति थपिएको अनुभव त हुन्छ अझ यसमा हुने क्याफिनले मस्तिष्कको ब्रेन सेल पनि सक्रिय बनाउँछ ।
तर, बिहानै खाली पेटमा कफीको सेवनले खतरनाक रोगलाई समेत निम्ता गरिरहेको हुन्छ । ब्रिटिश जर्नल अफ न्युट्रिशनमा प्रकाशित एक नयाँ अध्ययनका अनुसार बिहान खाली पेटमा कफी पिउँदा शरीरको मेटाबोलिज्म र रगतमा हुने चिनीमा असर पुर्याउँछ ।
कहिलेकाँही अपुरो निन्द्रा, थकान, आलस्य हटाउनका लागि खाली पेटमा बिहानै कफी पिउने गरिन्छ । त्यो समयमा कफीको सेवनले शरीरमा परिवर्तन त आउँछ तर यसले मेटाबोलिज्म बिगार्छ र रगतमा चिनीको मात्रा बढाउँछ । लामो समयसम्म यसरी परिवर्तन भइरहँदा गम्भीर स्वास्थ्य समस्या देखिन सक्छ । मघुमेह र मुटु रोगको सिकार हुने सम्भावना बढी हुने भएकाले बिहानै उठेर कफीको सेवन गर्नु स्वास्थ्यका लागि फाइदाजनक नभएको वैज्ञानिकहरुले दाबी गरेका छन् ।
ब्रिटिश जर्नल अफ न्यट्रिशनमा प्रकाशित एक अनुसन्धामा बिहानको खाजाभन्दा पहिले कफी पिउनेको शरीरमा ब्लड सुगर भएको पत्ता लगेको थियो । उक्त अनुसन्धानमा २१ वर्ष उमेरका ३० जना व्यक्ति सामेल थिए । अनुसन्धानको सिलसिलामा यी मानिसलाई तीन समुहमा विभाजन गरिएको थियो । र रातको अधुरो निन्द्राका कारण हुने आलस्यबाट छुटकारा पाउनका लागि विभिन्न प्रकारका पेयपदार्थ दिइएको थियो । कुनै चिनी भएको पेय पदार्थ दिइयो भने, कुनै स्ट्रोङ कफी । र बिहानको खाजाभन्दा पहिले कफीको सेवन गर्नेहरुमध्ये ५० प्रतिशतभन्दा बढीमा ब्लड सुगर बढेको भेटियो ।
खाली पेटमा लगातार कफी पिउने बानीले शरीरमा असर पुर्याउँछ विशेष मुटुमा असर गर्छ भने यसको सेवनले इन्सुलिन रेस्पोन्स पनि प्रभावित हुने वैज्ञानिकहरुले जनाएका छन् । एजेन्सी