धर्मनिरपेक्षताको भुङ्ग्रोमा ऋषितर्पणी र ऋषिपञ्चमी – उप प्रा. श्याम खनाल

धर्मनिरपेक्षताको भुङ्ग्रोमा ऋषितर्पणी र ऋषिपञ्चमी

उप प्रा. श्याम खनाल

*******************

श्रावशुक्लपूर्णिमा अर्थात् ऋषितर्पणीको दिन ती पूर्वज ऋषिहरूलाई हामी पुरुषहरूले सम्झ्यौँ । उनीहरूले गरेको कर्मप्रति हामी नतमस्तक भयौँ र अरु केही दिन नसके तापनि जलको तर्पण दिएर उनीहरूलाई धन्यवाद दियौँ । हामीले अञ्जानमा गरेका गल्तीहरूप्रति क्षमायाचना गर्दै पुनः ती गल्ती नदोहोर्याउने प्रण गर्यौँ ।

SUBSCRIBE US ON YOUTUBE

DKNEPAL AD SPACE

त्यस्तै भाद्रशुक्लपञ्चमी अर्थात् ऋषिपञ्चमीको दिन आमा, दिदी, बहिनीहरूले ऋषिपूजन गर्नुभयो । हामीहरूले जस्तै उहाँहरूले पनि अन्जानमा गरेका गल्तीको माफी माग्दै पुनः त्यस्ता गल्ती नदोहोर्याउने प्रण गर्नुभयो । कुनै महापण्डितहरूले प्रश्न गर्न सक्छन् मैले त केही गल्ती गरेकै छैन, किन माफी माग्नु पर्यो ? तर त्यसो होइन । नदी भित्र डुबुल्की मारेपछि म भिजेको छैन भन्नु र यो संसाररुपी भवचक्रमा प्रवेश गरिसकेपछि मैले पाप गरेको छैन भन्नु एकै किसिमका मूर्खतापूर्ण कुरा हुन् ।

यसरी हामीले गर्ने ऋषिपूजनलाई लिएर केही बुज्ज्रुकहरूले नकारात्मक तरीकाले आफ्नो फेसबुक रङ्गाए । पत्र–पत्रिका रङ्गाए । मानौँ उनीहरू यी चाडपर्वका ज्ञाता नै हुन् भन्ने ठानेर । ती पटमूर्खहरूलाई संस्कृतको स आउँदैन अनि कसरी उनीहरूले त्यो पढ्न भ्याए । कसरी बुझ्न भ्याए । उनीहरूले त्यस्तो देवभाषा पढ्न त कता हो कता गतिलरी उच्चारण पनि गर्न सक्दैनन् । पढेपनि धर्मछाडाहरूले लेखेका उल्टा अनुवाद त पढ्ने हुन् । उनीहरूलाई त देशमा धर्म संस्कार विरुद्ध चलाइएका आइ. एन्. जी. ओ. मा गएर भत्ता थाप्दैमा फुर्सद छैन । अनि नूनको सोझो त गर्नै पर्यो । यस्ता दलमर्दनहरूको काम भनेकै समाजमा कसैले नजानेर गल्ती गर्यो भने त्यसलाई जातीय, धार्मिक रङ्ग दिएर डलर पचाउनु मात्र हो ।

शिक्षक शिक्षिकाले ऋषिपञ्चमी पूजा गरेर फेसबुकमा राखे भनेर कुर्लँदै छन् । राख्छन् त मजाले राख्छन् । अनि राख्छौँ पनि । हामी ऋषिका सन्तानले ऋषिको पूजा गर्छौँ । तिमी बाँदरका सन्तानले त्यही वाँदरबुद्धि गराएर बस । यत्रा वेद, उपवेद, पुराण, उपनिषद्, काव्य कहाँ गए ? तिमीहरूले पढ्न त के, हेरेर पनि यो जुनीमा भ्याउँदैनौँ । ती वैदिक धर्मलाई गाली गर्न राक्षस बुद्धि भएकाहरूले लेखेका कुग्रन्थहरू पढ । बुद्धि विगार । जन्मिएको धर्तीलाई गाली गर । पूर्वज ऋषिमुनीहरूलाई गाली गर । बाउलाई गाली गर । आमालाई गाली गर । अन्त्यमा पैसा आउने भयो भने मातृभूमिलाई पनि बेचिदेऊ । दुई चार जना महामूर्खहरूले क्या बात, क्या बात भन्दैमा तिमीहरू विद्वान् हुने हैनौँ । टपरटुइयाँ पनि हुन्छ मूर्खमध्ये प्रतिष्ठित ।

आज यी वेतुकका कुरा गर्ने अधोगतिशील भोलि मिन्स भएको समयमा पनि देवालय जान पाउनुपर्छ भनेर कुर्लँदै हिँड्छन् । यिनलाई अरु दिन भगवान् प्रति आस्था जाग्दैन । अनि मिन्स भएका बेलामा आस्था जाग्छ । यिनीहरूलाई उचाल्नेहरू फेरी आफ्ना पत्नीहरूलाई कमसेकम महीनामा तीन दिन आराम दिन सक्दैनन् । रजस्वलाको वेला धेरै कमजोरी भएका महिलामाथि गिद्धे दृष्टि दिँदै पशुकर्म गर्न नपाएर छटपटी भएको छ । त्यो बेला रेष्ट गराउन भन्दा पनि तिनै विचरा महिलालाई कमजोरी वेलामा पनि दलाएर बाहिर बाहिर महिला अधिकारकर्मी बन्नु छ ।

पुराणको लाक्षणिक अर्थ जतापनि खाने, जे पनि खाने, पशुबुद्धि गरेर हिँड्ने, मनलाई नियन्त्रण गर्न नसक्नेले बुझ्नै सक्दैनन् । यिनको अर्थ सम्झन आचारित भएर श्रद्धाले अध्ययन गर्नुपर्छ । विना श्रद्धा र प्रेमले आचारहिन भएर पढियो भने वेदभित्र पनि गाइको मासु खाने कुरा देखिन्छ । अर्थको अनर्थ देखिन्छ । फेरी कहाँ लेखेको छ मिन्स भएको महिला पापी हो भनेर ? न भएका कुरा गर्यो समाज भाँड्यो आफू भाडियो । अनि इदं भ्रष्टम् उदम् भ्रष्टम् ।

फेरि कहिलेकाहिँ त हाम्रा बाबु आमाले पनि गाली गर्दा गधा, डाँका भन्नुहुन्छ । उहाँहरूले गधा डाँका भनेको त त्यसो न हो भनेको पो हो । यस्तो प्रतीकात्मक कुरो नबुझेर हामी के भोली तिनै बाबुआमालाई गाली गर्दै हिँड्ने ? वाँदरका सन्तानले त दिदीबहिनी र पत्नीमा समान देख्छन् । त्यस्ता वाँदररुपी पशुलाई मानव बनाउने, मानवलाई महामानव र महामानवलाई ईश्वर बनाउने धर्म हो वैदिक धर्म । यस्ता गौहत्यारा वेन, महिषासुरहरू सत्ययुगमा पनि जन्मिएका थिए । त्रेता युगमा पनि हिरण्यकश्युपु र होलिकाको रुपमा थिए । द्वापर युगमा कंश र पुतनाका रुपमा थिए । सम्पूर्ण लोकको कल्याणका लागि यज्ञ यागादि गर्ने ऋषिमुनीहरूलाई त्यतिखेर पनि दुख दिन्थे । त्यतिखेर पनि गौ हत्याराहरू थिए । यज्ञको विध्वंश पारी ऋषिमुनीहरूलाई दुख दिनु उनीहरूको धर्म थियो । त्यसकारणले ती वेनका सन्तान अहिलेको युगमा पनि हुनु नौलो कुरो होइन । ‘यावत् जीवेत् सुखं जीवेत् ऋणं कृत्वा घृतं पिवेत्’ भन्दै अहिले पनि लुटमा रमाएका छन् । धर्मरुपी अनुशासनमा छैनन् । लुटेरै खाने हो मरेर खरानी भएपछि केका पाप, केका धर्म भन्नेहरूको बोलवाला छ ।

त्यसैले त्यस्ता नराधमहरूको कुरा सुन्ने होइन । हामी ऋषिका सन्तान हौँ । भगवान्का सन्तान हौँ । त्यसैले हामीले हाम्रा पूर्वजहरूलाई सम्झनु आराधना गर्नु हाम्रो धर्म हो । न गर्नेले न गर्दा हुन्छ । कसैले गर पनि भन्दैनन् । तर हाम्रो मौलिक अधिकार माथि त्यस्ता नरपशुहरूले दोष लगाउनु भनेको शिशुपालले कृष्णलाई गाली गरेजस्तै हो । हामी ‘ईशावास्यामिदं सर्वं यत् किञ्च जगत्याञ्जगत् । तेन त्यक्तेन भुञ्जीथा मा गृधः कस्य स्विद् धनम्’ अर्थात् ‘यो जगत् सबैतिर ईश्वरले वास गरेको छ । तिनै ईश्वरले दिएका वस्तुको उपभोग गर अरु कसैका चल अचल धनमा गिद्धका आँखा नगाड लोभ न गर’ सिद्धान्तमा अडिग छौँ । हामी कृतघ्न हुन जान्दैनौँ । हामी कोही कसैप्रति पनि कृतज्ञ हुनुपर्छ । उही थालमा खाएर उही थालमा थुक्ने हाम्रो धर्म होइन । आमा रोगी भइन् भने गाली गर्दै हिँड्ने र अन्त्यमा अरुकी आमालाई आमा भन्दै हिँड्ने जामित्रे बन्ने होइन । तिनलाई उपचार गर्ने हो ।

त्यसैले म्लेच्छहरुको रिलिजन प्रचारप्रसार गर्न विदादेखि सिधासम्म दिने तर विश्वकल्याणका हाम्रा यत्रा महान् दिनहरुमा धेरै विरोधपछि ऋषितर्पणिमा विदा दिए तापनि ऋषिपञ्चमीमा विदा नदिई धर्म सकेर सबै जनतालाई नै आततायी बनाउने अभियानमा लागेका यी धर्म निरपेक्ष सरकारलाई के पो भन्न सकियो र ? अस्तु ।

कुनै उइले खुइले भनि कन नि कुर्ले शठहरू

न जानी त्यो आफ्नै पिठिउँ ठगिएका निपुणले ।

वसेका उइलेका धरणि तलमा आसन कसी

कति छन् ऐलेका रवि शशि ख वायू जल धरा ।।

२०८० आश्विन ९, मंगलवार प्रकाशित

Dknepal हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।