नेपाली प्रधानमन्त्रीसँग भेटेका चिनियाँ नेतालाई ठुलो दण्ड
चीनको सान्सी प्रान्तीय सत्तारुढ कम्युनिष्ट पार्टीका पूर्वसचिवलाई, अदालतले घु’स लिएको अभियोगमा मृ’त्युद’ण्डको फैसला सुनाएको छ ।
सचिव चाओ चङ्योङ् झण्डै १३ अरब १७ करोड रुपैयाँ बराबरको घुस प्रकरणमा मु’छिएको आ’रोप पुष्टि भएसँगै यति ठूलो द’ण्ड सजायँ तोकिएको हो ।
१२ औं नेशनल पिपुल्स कँग्रेस (संसद्) को आन्तरिक तथा न्यायिक समितिका उपाध्यक्ष एवम् सान्सी (ऐतिहासिक सिल्क रुटको प्रस्थान विन्दु र टेराकोटा संग्रहालय रहेको सियान शहर) का प्रान्तीय कमिटी सचिव चाओले थि’ए’न्चिन नगरपालिकास्थित नम्बर १ जनअदालत सामुन्ने आफ्नो अ’परा’ध स्वीकारेको बताइन्छ ।
प्राप्त समाचारअनुसार अदालतसमक्ष पुनरावेदन गरेमा सजायँ दुई वर्षसम्म निलम्बन हुनसक्ने छ ।
साथै जीवनभर राजनीतिक अधिकारबाट वञ्चित हुनेगरी निजी सम्पत्ति सबै ज’फत गरेर आजन्म कारावासको सजायँमा पनि परिणत हुन सक्छ ।
तर चाओले आफूले अदालतको निर्णय पालना गर्ने तर कहिँ कतै पुनरावेदन भने नगर्ने बताएका छन् ।
चाओले सन् २०१५ मा नेपाल भ्रमण गरेका थिए ।
उनलाई त्यतिबेला एमाले अध्यक्ष केपी शर्मा ओलीले बौद्धस्थित ह्यात होटेलमा रात्रीभोज दिनुभएको थियो भने तत्कालीन प्रधानमन्त्री सुशील कोइरालासँग त औपचारिक भेट नै भएको थियो ।
उनै चिनियाँ नेतालाई भ्रष्टाचारको आरोपमा जुलाई ३१ का दिन मृत्युदण्डको सजायँ सुनाइएको हो । श्रोत जनआस्था
यो पनि : बेइजिङले कोभिड प्रभाबित क्षेत्रबाट हुने आन्तरिक यात्रामा प्रतिबन्ध लगाउने
कोभिड–१९ को सङ्क्रमण भएका क्षेत्रहरूबाट चीन आएका यात्रीहरूमाथि प्रतिबन्ध लगाएर कोभिड–१९ महामारी फैलिन नदिन चीनको राजधानी बेइजिङले विभिन्न उपायहरू तय गरेको छ ।
ग्लोबल टाइम्सका अनुसार बेइजिङमा फर्कने योजना बनाएका मध्यम वा उच्च जोखिम भएका क्षेत्रका वासिन्दाहरूलाई हवाई तथा रेल सेवाका लागि टिकट बिक्री तत्कालका लागि रोकिनेछ ।
बेइजिङका अधिकारीहरुले मध्यम र उच्च जोखिमयुक्त क्षेत्रमा रहेका मानिसहरुका लागि स्वास्थ्य कोडलाई अझै जोखिमको क्षेत्र सङ्केत गर्ने ‘पहेँलो रङ’ मा राखिनेछ ।
स्वास्थ्य सङ्केत हरियो भएका स्थानका मानिसहरूले भने कुनै अवरोध बिना बेइजिङतर्फ जाने विमान वा रेलमा चढ्न दिइने छ । चीनका विभिन्न प्रान्त वा सहरबाट नै राजधानी बेइजिङ जान हरियो सङ्केत हुनुु जरुरी हुनेछ ।
चीनका थुप्रै शहरहरूमा पुनः कोभिड–१९ सङ्क्रमित भेटिन थालेपछि र उनीहरूमा समुदायबाटै सङ्क्रमण सरेको पुष्टि भएपछि चीनको राजधानीमा उच्च सतर्कताका लागि यो कदम चालिएको हो । चीनका १५ प्रान्त तथा नगरपालिकाहरूमा ५०० भन्दा बढी व्यक्तिमा ‘डेल्टा भेरियन्ट’ को प्रभाब देखिएको छ ।
बेइजिङको ड्याक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलले नान्जिङ, याङजाउ र झाङजियाजी जस्ता सङ्क्रमित भेटिएका र सङ्क्रमित रहेको १५ शहरबाट उडान भर्न रोक लगाएको घोषणा गरेको छ ।
विमानस्थलका उप महाप्रबन्धक वेन वुले भन्नुभयो, “बेइजिङ ड्याक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलले नान्जिङ, याङजाउ र झाङजियाजी जस्ता १५ सहरबाट उडान मार्गलाई अर्को सूचना जारी नहुँदासम्मका लागि निलम्बन गरेको छ । वुले उडानमा लगाइएको प्रतिबन्ध सङ्क्रमण बिस्तार नहोस भनेर गरिएको बताउनुभयो ।
यसैबीच, नयाँ कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि बेइजिङ अन्तर्राष्ट्रिय फिल्म मेला स्थगित गरिएको स्पुतनिकले गत बिहीबारको घटनाको आधिकारिक बयान उद्धृत गर्दै रिपोर्ट गरेको छ ।
“देशका धेरै क्षेत्रहरूमा हालै महामारीको प्रकोपका कारण, सुरुमा अगस्त १४–२१ का लागि तय गरिएको ११ औं बेइजिङ इन्टरनेशनल फिल्म फेस्टिभल सामान्य सुरक्षा र स्वास्थ्यका कारण स्थगित गरिनेछ,“ मेला आयोजक समितिले जानकारी गराएको छ । तथापि, आयोजकहरूले यो मेला कहिले हुनेछ भन्नेबारे केही नबताएका स्पुतनिकले उल्लेख गरेको छ ।