ठूला मान्छे : सानो परिचय —श्याम खनाल

ठूला मान्छे : सानो परिचय —श्याम खनाल उप-प्राध्यापक (नेसंवि)

डा. टोनी नादर मेडिकल डाक्टर, न्यूरोसाइन्टिस्ट र पश्चिम जगत्‌का महान् वैदिक विद्वान्‌मध्येका एक हुनुहुन्छ । उहाँले American University of Beirut मा आन्तरिक चिकित्सा (Internal Medicine) र मनोचिकित्सा (Psychiatry) को गहिरो अध्ययन र अनुसन्धानपछि त्यही अमेरिकन विश्वविद्यालयबाटै MD गर्नुभएको हो ।

SUBSCRIBE US ON YOUTUBE

DKNEPAL AD SPACE

त्यसपछि Massachusetts Institute of Technology, America बाट मस्तिष्क(Brain) र संज्ञानात्मक विज्ञान (Cognitive Science)मा PhD गरी पछि त्यही संस्थाको क्लिनिकल रिसर्च सेन्टरको Visiting Physician एवं सहायक निर्देशक भएर पनि काम गर्नुभयो । महर्षि महेश योगीको सान्निध्यता पछि उहाँलाई विशेष गरेर महर्षि एवं अरु वैदिक विद्वान्‌हरूले पनि आयुर्वेद र वैदिक ज्ञानका विभिन्न क्षेत्रमा प्रशिक्षित गराउनुभयो । आधुनिक चिकित्सा एवं वैदिक चिकित्सा पद्धतिबाट शरीर विज्ञानको गहिरो वैज्ञानिक अध्ययन अनुसन्धान पछि उहाँले मानव शरीर-विज्ञान त वेद र वैदिक साहित्यको अभिव्यक्ति रहेछ भन्ने अकाट्य न‍िष्कर्ष निकाल्नुभयो । HUMAN PHYSIOLOGY (Expression of Veda and Vedic Literature), RAMAYANA in Human Physiology लगायतका अति नै महत्त्वपूर्ण पुस्तकहरू उहाँका अकाट्य निस्कर्षका प्रमाणका रुपमा विद्वान्हरूबाट सधै पूजित छन् ।

महर्षिको सत्सङ्कल्पबाट विश्वकल्याणका लागि गठन गरिएको Global Country of World Piece मा महर्षिबाटै महाराजा अधिराज राजारामको उपाधिबाट विभूषित भई उहाँकै उत्तराधिकारीको रुपमा सम्पूर्ण क्षेत्रको सुधारका लागि Dr. Tony Nader ले भावातीत ध्यान(Transcendental Meditation), वैदिक यज्ञ, वैदिक कृषि, महर्षि वास्तु आदि विभिन्न कार्यक्रम र यसको व्यावहारिक उपयोगिताको बारेमा Dr. John Hagelin (PhD Physics in Harvard University), Dr. Eike Hartmann, Dr. Neil Patterson, Dr Jose Luis Alvarez Roset, Dr. John Fagan, Dr. Kingsley-Leslie Brooks , Dr N. Crowall, Dr. Leslie Brooks आदि संसारकै गण्यमान्य वैज्ञानिक र अनुसन्धाताहरूलाई साथमा लिएर मार्गदर्शन गर्नुहुन्छ ।

यस किसिमको असाधारण काम गरेवापत महर्षिले 1998 मा Maharishi Vedic University, Vlodrop, Holland मा आदरणीय नादरकै तौल बराबरको सुन (जुन नोबेल पुरस्कारको रकमभन्दा कति बढी हो आफै अनुमान गरौँ) पुरस्कारको रुपमा दिनुभएको थियो । जुन पुरस्कार डा. नादरले महर्षिकै निर्देशनमा वैदिकविज्ञान, विश्वशान्ति र कल्याणका लागि सञ्चालन भइरहेका संस्थाहरूलाई दानदिनुभएर आफ्नो उदारमनाको परिचय पनि दिनुभयो ।

पौरस्त्य समाजका महान् वैज्ञानिक भास्कराचार्यले आफ्नो पुस्तक सिद्धान्तशिरोमणिमा ”तुष्यन्तु सुजना बुद्ध्वा विशेषान् मदुदीरितान् । अबोधेन हसन्तो मां तोषमेष्यन्ति दुर्जनाः ।।”अर्थात् उनले लेखेको सिद्धान्तशिरोमणि नामको ग्रन्थको गुह्य कुरो बुझेर विद्वान्‌जनहरू सन्तुष्ट हुनेछन् भने अल्पज्ञहरू पनि त्यसमा लेखेको गुह्य कुरो नबुझेर उनलाई हाँसोमा उडाएर खुशी हुनेछन् भनेझैँ अति आदरणीय व्यक्ति डा.टोनी नादरले लेखेका कुराको बुझेर वा नबुझेर दुबै प्रकारका व्यक्तिहरू खुशी हुनेछन् ।

भगवान् श्रीकृष्णको विराटरुप त कौरब सभामा दुर्योधनले पनि देखेको थियो । तर के गर्ने उसले उनको विराट रुपको दर्शन पाएर पनि गोठालाको मायावी रुप भनेर आफ्नो जीवन वर्वाद पार्यो । त्यसैले यी विद्वानबाट लेखिएका यी पुस्तकको अध्ययन गरेर हामी सबैले आफूलाई चिन्ने कोशिस गरौँ ।

त्यस्तै जगद्ग‌ुरु शंकराचार्य ब्रह्मानन्द सरस्वतीबाट दीक्षित महर्षि महेष योगीबाट जीवनका हरेक पाटामा सफल गराउने, जीवनमा परमानन्दको अनुभूति दिलाउने वेदान्तस्वरुप भावातीत ध्यान (Transcendental Meditation) जसलाई आधुनिक वैज्ञानिकहरूको शोधबाट पनि ध्यानको सर्वोत्तम effective वैज्ञानिक विधि भनेर प्रमाणित गरिएको छ त्यसको अभ्यास एवं हाम्रो वैदिक आचरणको नियमबाट यो छोटो जीवनमै परमात्माको अनुभूति गरी जीवनलाई सार्थक तुल्याउनुहुन हार्दिक अनुरोध छ ।

त्यसका लागि नेपाल महर्षि वैदिक फाउन्डेसन ( अध्यक्ष-Deepak Prakash Baskota ) एवं भावातीत ध्यानका Madhav Prasad Aryal, Dilli Ram Adhikari, Min Raj Adhikari, Upendra Prasad Nepal, Abhimanyu Nepal, Bishnu Paudel, Utsav Bajgain आदि शिक्षकहरूसँग सम्पर्क गरी लाभ लिन सकिनेछ । Google एवं You Tube मा गई Maharishi Mahesh Yogi, Dr Tony Nader, Dr John Hagelin, Maharishi International University आदिको search बाट पनि TM एवं अरु विभिन्न कुराको लाभ लिन सकिनेछ ।

२०७८ श्रावण २४, आईतवार प्रकाशित

Dknepal हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।