काठमाडौको मेयरमा अब बालेन्द्र शाह (बालेन) को जित पक्का पक्की जस्तै भैरहेको सन्दर्भमा ! उपसचिव भिम उपाध्यायले उनका भावी कार्ययोजनाहरुलाइ सामाजिक सन्जालमा पस्किरहनु भएको छ । उहाँले प्रस्तुत गरेका योजनामा आविस्कार केन्द्रका महाबीर पुनलाइ पनि समाहित गरिएको छ।
पछिल्लो मत परिणाम अनुसार निमानुसार रहेको छ नतिजा
बालेन्द्र शाह 51189
सिर्जना सिंह 32062
केशब स्थपित 31336
“अबका काठ मेयर बालेनले आफ्नो घोषणा पत्रलाई कार्यान्वयन गर्नु नै उनको परम काम हो।
वडासदस्यहरूको घोषणापत्रका योजनालाई समायोजन गरेर समन्वयात्मक प्रभावकारी तदारूक नगर सरकार चलाउनुपर्छ।
यसका लागि महानगरपालिकाको सांगठनिक पुनर्संरचना गर्नुपर्ने हुन सक्छ । नीति, कार्यान्वयन, कार्यप्रणाली र कार्यसम्पादनका बारेमा विज्ञ स्वतन्त्र विश्लेषण अनुगमन र मूल्यांकन गर्ने पद्दति स्थापित गर्नुपर्नेछ।
महानगरभित्र सशक्त भोलन्टियर बिभाग स्थापना गर्नुपर्छ। जसले संकट वा क्राईसिस आईपर्दा हजारौँ देशविदेशका भोलन्टियर बिज्ञ र सिप भएका जनशक्ति परिचालन गर्न सक्ने छ।
एउटा महानगर फाउण्डेशन स्थापना गरेर देश विदेशका समाजसेवामा चाहना राख्नेहरूबाट प्राप्त सहयोग, चन्दा, दानलाई विपन्न गरिबका लागि छात्रवृत्ति, राहत, भोजन, औषधी उपचारमा महानगरलाई कुनै आर्थिक बोझ नपर्नेगरी सहयोग गर्न सकिनेछ।
सहरका अस्पतालहरूसंग सुलभ सेवाका लागि सहकार्य गर्ने समझदारी गर्नुपर्दछ। ब्यावहारिक उद्यमशिलता अभिबृद्धि गर्न र महानगरका यावत समस्यालाई प्राविधिक ढंगले कसरी समाधान गर्न सकिन्छ, यसमा Mahabir Pun नेतृत्वको आविष्कार केन्द्र वा त्यस्तै अनुसंधान केन्द्रहरूसंग विविध विषयमा आविष्कार, अनुसंधान, कार्यान्वयन, पाईलटिंग र उत्पादन क्षेत्रमा कोलाबोरेट गर्नुपर्दछ। नयॉ प्रविधि र अर्थतन्त्रमा प्रत्यक्ष लाभ हुने क्षेत्रमा उच्च अध्ययन गराउन विदेशी स्वदेशी विश्वविद्यालय वा प्रसिद्ध रिसर्च सेन्टरहरूसंग समझदारीपत्रमा हस्तक्षर गरेर सहकार्य गर्नुपर्छ।
एउटा विश्वस्तरीय बोनम्यारो ट्रान्सप्लान्ट सेन्टर थप गर्न बीर/ शिक्षण/ सिभिल अस्पतालसंग सुपथ खर्चमा उपचार गर्ने सहलगानी प्रोजेक्ट संचालन गर्नुपर्दछ।”