काठमाडौं । चीनले कोरोना भाइरसविरुद्धको खोप बेच्न शुरु गरेको छ ।
चीनले शुरुमा जियाक्शिन शहरमा आपत्कालीन स्थितिमा सिनोभ्याक कोरोना खोप बेच्न अनुमति दिएको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उच्च जोखिमका लागि दिइने यस खोपको मूल्य २०० यूआन अर्थात ६० डलर तोकिएको छ ।
तर यो खोपको तेश्रो चरणको परीक्षण चलिरहेको छ ।
त्यसैले कम्पनीले हालका लागि आपत्कालीन स्थितिमा मात्र यसको प्रयोग गर्न बताएको छ।