काठमाडौँ। नेपालको मनसुन मौसममा लामो समयसम्म हुने वर्षा र उच्च आर्द्रताका कारण दैनिक जीवनयापनमा विभिन्न समस्या आउने गर्छन्। विशेषगरी लुगा सुकाउने कार्य धेरै घरपरिवारका लागि ठूलो चुनौती बन्ने गरेको छ। बाहिर घाम नलाग्दा वा पानी परिरहँदा लुगा सुकाउन असम्भवप्रायः हुने, भित्र सुकाउँदा पनि नमीका कारण राम्रोसँग नसुक्ने, कपडामा दुर्गन्ध आउने र फङ्गस लाग्ने सम्भावना बढ्नेजस्ता समस्याहरू सामान्य बनेका छन्। यी चुनौतीहरूलाई सम्बोधन गर्न र मनसुनमा पनि सफा तथा सुगन्धित कपडाको सुनिश्चितताका लागि एलजीले अत्याधुनिक एआई डिडी २.० वाशर एन्ड ड्रायर बजारमा ल्याएको छ। यो नवप्रवर्तनात्मक उपकरणले कपडा धुने र सुकाउने दुवै कार्यलाई एउटै मेसिनबाट सम्पादन गरी लन्ड्री केयरको अनुभवलाई पूर्ण रूपमा परिवर्तन गर्ने लक्ष्य राखेको छ। यो एकीकृत उपकरण २०/१० केजी, १५/८ केजी, ११/७ केजी र ८/६ केजी गरी विभिन्न क्षमतामा उपलब्ध छ, जसले गर्दा सानोदेखि ठूलो परिवारसम्मका सबैका आवश्यकता पूरा गर्न सक्छ।
एलजी एआई डिडी २.० वाशर एन्ड ड्रायरमा लन्ड्री केयरलाई अझ प्रभावकारी र सहज बनाउन विभिन्न उन्नत प्रविधिहरू समावेश छन्। यी प्रविधिहरूले कपडाको हेरचाहमा नयाँ आयाम थपेका छन्:
एआई डिडी २.० प्रविधि: यो प्रविधिले कपडाको प्रकार, जस्तै कटन, सिन्थेटिक वा नाजुक कपडा र तौल स्वतः पहिचान गर्छ। यसका आधारमा धुने चक्रलाई अनुकूलित गरी कपडालाई आवश्यक पर्ने विशेष हेरचाह प्रदान गर्छ। यसले कपडामा हुने क्षतिलाई न्यूनीकरण गरी त्यसको आयु बढाउन मद्दत गर्छ, जसले गर्दा प्रत्येक धुलाईपछि कपडा नयाँजस्तै रहन्छ।
स्टिम एलर्जी केयर एन्ड स्टिम रिफ्रेस: यो सुविधाले तातो बाफ प्रयोग गरी कपडामा रहेका ९९.९ प्रतिशतसम्म सामान्य एलर्जेनहरू, जस्तै धुलोका कण र परागकण हटाउँछ। यसका साथै, यसले कपडाको दुर्गन्ध हटाएर ताजापन प्रदान गर्छ। मनसुनको समयमा नमीले गर्दा कपडामा उत्पन्न हुने बास्नालाई हटाउन यो प्रविधि विशेष रूपमा उपयोगी मानिएको छ, जसले परिवारको स्वास्थ्य सुरक्षामा समेत योगदान पुर्याउँछ।
एलजी थिनक्यू एप: यो स्मार्ट एपमार्फत प्रयोगकर्ताले आफ्नो स्मार्टफोनबाट वाशर एन्ड ड्रायरलाई टाढैबाट नियन्त्रण र अनुगमन गर्न सक्छन्। यसले गर्दा व्यस्त जीवनशैली भएका व्यक्तिहरूका लागि अत्यधिक सुविधा पुग्छ, जहाँबाट पनि लन्ड्री चक्र सुरु गर्न वा रोक्न सकिन्छ।
इजडिस्पेन्स (ezDispense): यस प्रविधिले लुगाको लोडअनुसार डिटर्जेन्ट र सफ्टनरको सही मात्रा स्वतः हाल्छ। यसले डिटर्जेन्टको अनावश्यक प्रयोगलाई रोकी खेर जानबाट बचाउँछ र लन्ड्री प्रक्रियालाई सरल तथा किफायती बनाउँछ। डिटर्जेन्टको सही मात्राले कपडाको उत्कृष्ट सफाइ पनि सुनिश्चित गर्छ।
६ मोसन डाइरेक्ट ड्राइभ + एआई वाश: एआई वाश प्रविधिले प्रत्येक लोडको तौल र कपडाको विशिष्ट विशेषताहरू पहिचान गरी धुने चक्रलाई थप अनुकूलित गर्छ। यसमा रहेको ६ मोसन डाइरेक्ट ड्राइभले हातले धुने प्रविधिबाट प्रेरित विभिन्न ड्रम आन्दोलनहरू (जस्तै: टम्ब्लिङ, स्क्रबिंग, स्टेपिंग, फिल्ट्रेसन, रोलिङ र स्विङ) प्रयोग गरी प्रभावकारी सफाइ गर्छ। यसले कपडालाई नरम राख्दै गहिरो सफाइ प्रदान गर्छ। डाइरेक्ट ड्राइभ मोटरले मेसिनलाई शान्त र टिकाउ पनि बनाउँछ।
टर्बोवाश ३६०°: यो सुविधाले मात्र ३९ मिनेटमै शक्तिशाली धुलाई पूरा गर्छ। यसले बहु-दिशात्मक पानीका जेटहरू प्रयोग गरी छिटो, सफा र वातावरणमैत्री धुलाई सुनिश्चित गर्छ। यसका साथै, यसले कम पानी र ऊर्जा खपत गर्छ, जसले गर्दा प्रयोगकर्ताको समय र खर्च दुवै बचत हुन्छ।
एलजी एआई डिडी २.० वाशर एन्ड ड्रायरले मनसुनमा बाहिर लुगा सुकाउन कठिन हुने समस्यालाई प्रभावकारी रूपमा समाधान गरेको छ। धुने र सुकाउने दुवै सुविधा एउटै उपकरणमा एकीकृत गरेर, यसले सूर्यको किरण र अनुकूल मौसममा निर्भर रहने परम्परागत तरिकालाई भरपर्दो वैकल्पिक समाधान दिएको छ। यस मनसुनमा एलजी एआई डिडी २.० वाशर एन्ड ड्रायरले नेपाली घरपरिवारको लन्ड्री केयरलाई सरल, प्रभावकारी र तनावमुक्त बनाउनेछ, जसले गर्दा भिजेको मौसममा पनि घरपरिवारलाई बढी सहजता र दक्षता मिल्नेछ।
