युएईमा नेप्लिज युथ ग्रुपको ‘तीज विशेष कार्यक्रम’ भव्य रूपमा सम्पन्न: मौलिक कला र संस्कृतिको सानदार प्रस्तुती
दुबई, युएई:
“हिँड्नु पर्छ देश हाकि, अबको युवा दुखीको लागि” भन्ने मूल नाराका साथ स्थापित ‘नेप्लिज युथ ग्रुप अफ यूएई’ ले आयोजना गरेको ‘तीज विशेष दर खाने तथा सांस्कृतिक कार्यक्रम–२०२६’ भव्य र सभ्य रूपमा सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष सन्देश सुवेदीको सभापतित्व तथा एनआरएनए युएईका अध्यक्ष भिम मल्ल ठकुरीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रम, ज्योतिष तथा योगी तारानाथ बरालको स्वस्ति वाचन र दीप प्रज्वलनसहित उद्घाटन गरिएको थियो। कार्यक्रममा नेपाली समाज, हिन्दु जागरण नेपाल, सनातन गौ संरक्षण अभियान, पाल्पाली समाज, नारी शक्ति समाज र सितगंगा सम्पर्क समिति लगायतका संघ–संस्थाबाट विशिष्ट अतिथिहरूको गरिमामय उपस्थिति रहेको थियो।
संस्थाकी उपाध्यक्ष सिरु पोखरेलको स्वागत मन्तव्य र सचिव तुलसी रेग्मीको शुभकामनाबाट सुरु भएको औपचारिक सत्रको सञ्चालन उपमहासचिव राम प्रसाद भुसालले गर्नुभएको थियो।
कार्यक्रमको मुख्य आकर्षण रहेको सांस्कृतिक सत्रको सञ्चालन संस्थाकी प्रवक्ता सरु रेग्मीले गर्नुभएको थियो भने, पर्दा पछाडिबाट समाजसेवी देवराज कण्डेलले म्युजिक तथा ब्यानर व्यवस्थापनमा विशेष प्राविधिक साथ दिनुभएको थियो। मञ्चमा राष्ट्रिय कलाकार पवन श्री परियारका साथै निरुता गैरे, रञ्जिता कुँवर लगायत झन्डै एक दर्जन स्थानीय गायक-गायिका र नृत्य कलाकारहरूको बेजोड प्रस्तुतिले दर्शकहरूलाई भरपुर मनोरञ्जन प्रदान गरेको थियो।
यस वृहत् कार्यक्रमलाई सफल बनाउन अहोरात्र खटिनुहुने कार्यक्रम संयोजक कृष्ण प्रसाद न्यौपाने, सहसंयोजक कल्पना पौडेल, प्रमुख सल्लाहकार दयासागर दाहाललगायत सम्पूर्ण कार्यसमिति, प्रायोजक तथा मिडिया पार्टनरहरू (अर्घाखाँची नेटवर्क, हाम्रो कुराकानी, दुबई डायरी र सितगंगा साप्ताहिक) प्रति आयोजकले हार्दिक आभार प्रकट गरेको छ।
युवाहरूको यो एकता र सक्रियताले प्रवासमा पनि नेपाली संस्कृतिको संरक्षण र प्रवर्द्धनमा महत्त्वपूर्ण इँटा थपेको छ।


