युएईमा गौशाला तथा गुरुकुल सहयोगार्थ वृहत् लक्ष्मी पूजा, भजन कीर्तन तथा सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न
दुबई, युएई — “गावो विश्वस्य मातरः” भन्ने मूल मन्त्रका साथ गौशाला तथा गुरुकुल सहयोगार्थ सनातन गौ संरक्षण अभियान युएई, हिन्दु जागरण नेपाल युएई र श्री वैष्णव परिषद युएईको संयुक्त आयोजनामा वृहत् लक्ष्मी पूजा, भजन कीर्तन, देउसी भैली एवं सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। गत आइतबार अर्थात् नोभेम्बर ८, २०२६ का दिन अस्टोरिया होटलस्थित याक एण्ड येति एभरेष्ट क्लबमा बिहान ११:०० बजेदेखि उक्त कार्यक्रम आयोजना गरिएको थियो।
नेपाली समाज युएईका अध्यक्ष श्री राम मोक्तानको प्रमुख आतिथ्यतामा सम्पन्न भएको यस धार्मिक तथा सांस्कृतिक कार्यक्रमको संयोजन लक्ष्मी शर्मा र सह-संयोजन मिना पाण्डेले गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन सचिव सरु रेग्मी र महासचिव बिनिता परियारले संयुक्त रूपमा गर्नुभएको थियो।
सनातन धर्म, मौलिक परम्परा र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा भजन मण्डली समूहद्वारा भक्तिमय भजन कीर्तन प्रस्तुत गरिएको थियो भने सितगंगा सम्पर्क समिति युएईको तर्फबाट मौलिक सोरठी नाचको विशेष प्रस्तुति रहेको थियो। यसैगरी, देउसी भैलीका साथै स्थानीय कलाकारहरू गायक अर्जुन न्यौपाने, गायक बिरु ओली, गायक ओमकार थापा, गायिका अस्मिता आचार्य, गायिका सुनिता शर्मा तथा डान्सर एन्जल लक्सले आ-आफ्नो बेजोड सांगीतिक तथा नृत्य प्रस्तुतिद्वारा उपस्थित दर्शकहरूलाई भरपूर मनोरञ्जन प्रदान गरेका थिए।
प्रवासमा रहेर पनि नेपाली कला, संस्कृति र गौ संरक्षणका निम्ति परोपकारी भावनाले आयोजना गरिएको यस कार्यक्रममा युएईमा क्रियाशील विभिन्न संघसंस्थाहरूको सहकार्य रहेको थियो। कार्यक्रमलाई सफल पार्न निको पोलिक्लिनिक, हिमालयन ग्लोबल ज्वेलरी, बिनोद गोल्ड ज्वेलरी, श्री लक्ष्मी ज्वेलरी, अतारा, सपना ज्वेलरी, कोशेली ट्राभल एण्ड टुरिजम, यति टुरिजम, शुभ मार्ग ट्राभल र साथी लगायतका व्यावसायिक प्रतिष्ठानहरूले प्रायोजन गरेका थिए। त्यस्तै, कार्यक्रमको डिजिटल पार्टनरमा आर ग्राफिक्स डिजाइन तथा मिडिया पार्टनरमा लुम्बिनी पाना, Dknepal र नवलपुर टुडे लगायतका सञ्चारमाध्यमहरू रहेका थिए।
