काठमाडौं : नेपालमा सञ्चालित अनलाइन किनमेल मञ्च दराज नेपालले आफ्नो बहुप्रतीक्षित ‘७.७ महाबचत बजार’ अभियानको आयोजना गर्ने घोषणा गरेको छ। यस अभियानमार्फत ग्राहकहरूले आकर्षक छुट, विशेष ब्रान्ड अफर, डिजिटल भुक्तानीमा छुट तथा रोमाञ्चक उपहारहरू जित्ने अवसर प्राप्त गर्न सक्नेछन्। दराजले यसलाई उपभोक्ताका लागि लाभदायक किनमेल अवसरका रूपमा प्रस्तुत गरेको छ।
७.७ महाबचत बजार सेल अभियान जुलाई ६ (असार २२, २०८३) को बेलुकी ८ बजेदेखि आरम्भ हुनेछ। अभियान अवधिभर ग्राहकहरूले विभिन्न उत्पादन वर्गमा ७५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन्। यसका साथै, कम्पनीले निःशुल्क डेलिभरी र कुल रु. ५० लाख बराबरका भौचरहरू समेत उपलब्ध गराउने जानकारी दिएको छ। यी अवसरहरूले यस अभियानलाई यस सिजनकै ठूलो तथा महत्वपूर्ण किनमेल घटना बनाउने अपेक्षा गरिएको छ।
सेल अवधिभर ग्राहकहरूले दराजका लोकप्रिय साझेदार ब्रान्डहरूका तर्फबाट विशेष अफरहरू पनि प्राप्त गर्न सक्नेछन्। प्लाटिनम ब्राण्ड पार्टनर्स अन्तर्गत एमडब्ल्यूसी, मसलब्लेज, प्लम, हानासा तथा पिल्ग्रिम जस्ता ब्रान्डहरूले ५० प्रतिशतसम्म छुट प्रदान गर्नेछन्। त्यसैगरी, गोल्ड ब्राण्ड पार्टनर्स ब्राण्डहाउस, सुजुकी, कोसआरएक्स तथा एंकरका तर्फबाट ६० प्रतिशतसम्म छुट उपलब्ध हुनेछ। सिल्भर ब्राण्ड पार्टनर्स एम्परस्यान्ड, मारिको, पि सेफ, फ्यानटेक तथा र्होतोका छानिएका उत्पादनहरूमा ८० प्रतिशतसम्मको विशेष छुटको व्यवस्था गरिएको छ। यी ब्रान्डहरूले सौन्दर्य प्रसाधन, स्वास्थ्य उत्पादन, इलेक्ट्रोनिक्स र घरायसी सामानलगायतका विभिन्न वर्गका उत्पादनहरूमा छुट प्रदान गर्नेछन्।
ग्राहकहरूले ‘ब्राण्ड रश आवर’ नामक विशेष अफरको पनि लाभ लिन सक्नेछन्। जुलाई ६ को बेलुकी ८ बजेदेखि जुलाई ७ को बिहान २ बजेसम्म सञ्चालन हुने यस विशेष अवधिमा १०० भन्दा बढी ब्रान्डका उत्पादनहरूमा ७५ प्रतिशतसम्म छुट उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ। ग्राहकहरूको बचतलाई थप बढाउन दराजले ईसेवासँग सहकार्य गरेको छ। ईसेवा मार्फत भुक्तानी गर्ने ग्राहकहरूले ब्राण्ड रश आवर अवधिमा १२ प्रतिशतसम्म (अधिकतम रु. २००) छुट तथा नियमित किनमेल अवधिमा १० प्रतिशतसम्म (अधिकतम रु. १,०००) छुट प्राप्त गर्न सक्नेछन्। यो सहकार्यले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्दै ग्राहकहरूलाई थप आर्थिक लाभ पुर्याउने अपेक्षा गरिएको छ।
यस अभियानलाई थप रोमाञ्चक बनाउने उद्देश्यका साथ दराज नेपालले सेल अवधिभर विभिन्न आकर्षक गिभअवेहरू आयोजना गर्ने भएको छ। मेगा गिभअवे अन्तर्गत तीन जना भाग्यशाली ग्राहकले लक्की ड्रमार्फत जनही एक-एक थान स्मार्टफोन जित्न सक्नेछन्। पुरस्कारहरूमा नथिंग फोन फोर ए, मोटोरोला मोटो जी९६ फाइभजी र एआई प्लस पल्स टू जस्ता स्मार्टफोनहरू समावेश छन्। यसका साथै, ग्राहकहरूले फ्यानटेक, अल्टिमा र बोस्सिनी लगायतका ब्रान्डका उत्पादनहरू समावेश गरिएका दैनिक गिभअवे मार्फत पनि आकर्षक पुरस्कारहरु जित्ने अवसर प्राप्त गर्न सक्नेछन्।
दराजमा उपलब्ध कुनै पनि भुक्तानीका माध्यम प्रयोग गरी न्यूनतम रु. ५,००० बराबरको खरिद सफलतापूर्वक पूरा गर्ने ग्राहकहरू स्वतः मेगा गिभअवेको लक्की ड्रमा सहभागी हुनेछन्। त्यसैगरी, सेल अवधिभर कम्तीमा एक पटक सफलतापूर्वक किनमेल गर्ने प्रत्येक ग्राहक दैनिक गिभअवेका लागि योग्य हुनेछन्। दैनिक विजेताहरूको घोषणा सेल अवधिभर हरेक दिन दिउँसो ३ बजे दराज नेपालको टिकटक च्यानलमार्फत प्रत्यक्ष (लाईभ) गरिने जानकारी दिइएको छ। दराजको ७.७ महाबचत बजार अभियानले आकर्षक छुट, विशेष डिजिटल भुक्तानी अफर, निःशुल्क डेलिभरी तथा रोमाञ्चक पुरस्कारहरूसहित यस सिजनकै ठूलो अनलाइन किनमेल अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ।
