सामसङले नेपालमा आफ्नो लोकप्रिय ग्यालेक्सी ए सिरिज अन्तर्गत नयाँ ग्यालेक्सी ए०८ एलटीई स्मार्टफोन आधिकारिक रूपमा सार्वजनिक गरेको छ। यो फोन विशेषगरी कम मूल्यमा राम्रो कार्यक्षमता, बलियो सुरक्षा र लामो समयसम्म टिक्ने उपकरण खोजिरहेका युवा प्रयोगकर्ताहरूलाई लक्षित गरी ल्याइएको हो। उत्कृष्ट एआई फिचरहरू समावेश गरी सामसङले आफ्ना प्रविधिलाई सर्वसाधारणमाझ पुर्याउने प्रतिबद्धता जनाएको छ।
सामसङ नेपालका एमएक्स बिजनेसका सिनियर डाइरेक्टर श्री प्रणय रत्न स्थापितले यस अवसरमा भन्नुभयो, “नयाँ ग्यालेक्सी ए सिरिजले थप प्रयोगकर्ताहरूसम्म नवीनतम प्रविधिहरू पुर्याउँदै एआईको पहुँचलाई सर्वसुलभ बनाउने हाम्रो निरन्तर प्रतिबद्धतालाई झल्काउँछ। सामसङका आधारभूत क्षमताहरू र उत्कृष्ट ‘असम इन्टेलिजेन्स’ को संयोजनका साथ ग्यालेक्सी ए०८ एलटीईले दैनिक जीवनमा भरपर्दो कार्यक्षमता प्रदान गर्नेछ।”
ग्यालेक्सी ए०८ एलटीईमा ८.० मिमी पातलो बडी र ६.७ इन्चको फराकिलो डिस्प्ले रहेको छ। यो फोन डार्क ब्लु, सिल्भर र ग्रिन गरी तीन आकर्षक रङहरूमा उपलब्ध छ। सामसङले यसमा सफा र आकर्षक डिजाइन समावेश गरेको छ, जसले प्रयोगकर्तालाई दैनिक मिडिया उपभोगमा उत्कृष्ट दृश्य अनुभव प्रदान गर्दछ। यसको ठूलो डिस्प्लेले भिडियो हेर्ने, वेब ब्राउज गर्ने र गेम खेल्ने अनुभवलाई थप रोमाञ्चक बनाउन मद्दत गर्दछ।
प्रयोगकर्ताहरूलाई बारम्बार फोन चार्ज गर्ने झन्झटबाट मुक्त राख्न ग्यालेक्सी ए०८ मा ६,००० एमएएच (टाइपिकल) क्षमताको शक्तिशाली ब्याट्री जडान गरिएको छ। यसले प्रयोगकर्ताहरूलाई दिनभरि निर्बाध रूपमा सामग्री स्ट्रिमिङ, सामाजिक सञ्जाल ब्राउजिङ र गेम खेल्ने सुविधा प्रदान गर्दछ। यो ब्याट्री क्षमताले लामो यात्रामा वा पावर नभएको अवस्थामा पनि फोनको प्रयोग जारी राख्न सकिने सुनिश्चित गर्दछ।
यो उपकरण दीर्घकालसम्म भरपर्दो कार्यक्षमता, सुरक्षा र स्थायित्व प्रदान गर्ने उद्देश्यले निर्माण गरिएको छ। ग्यालेक्सी ए०८ एलटीई आईपी६४ रेटेड धुलो र पानी प्रतिरोधी क्षमताले सुसज्जित छ, जसले यसलाई दैनिक जीवनमा हुन सक्ने धुलो, फोहोर र पानीका छिटाहरूबाट सुरक्षित राख्छ। सामसङले यस स्मार्टफोनका लागि ६ जेनेरेसनसम्म ओएस अपग्रेड र ६ वर्षसम्म सेक्युरिटी अपडेट उपलब्ध गराउने घोषणा गरेको छ। यसले ग्यालेक्सी ए०८ लाई आगामी वर्षहरूसम्म पनि सुरक्षित, अद्यावधिक र नवीनतम फिचरहरूले सुसज्जित राखिराख्नेछ। यसबाट प्रयोगकर्ताले आफ्नो लगानीको पूर्ण मूल्य प्राप्त गर्न सक्नेछन्।
सामसङ ग्यालेक्सी ए०८ एलटीई नेपालभरका सामसङ स्टोरहरू र आधिकारिक विक्रेताहरूमार्फत उपलब्ध हुनेछ। यसको मूल्य र भेरियन्टहरू निम्नअनुसार छन्:
४ जीबी र ६४ जीबी स्टोरेज भेरियन्ट: रु. ३४,४९९
४ जीबी र १२८ जीबी स्टोरेज भेरियन्ट: रु. ४०,९९९
६ जीबी र १२८ जीबी स्टोरेज भेरियन्ट: रु. ४७,४९९
यो फोन डार्क ब्लु, सिल्भर र ग्रिन गरी तीन रङ विकल्पमा उपलब्ध छ।
