दलालले झुक्याएर साउदी पुर्यायो, फाँसिको सजाय छोरालाई, परिवारको बिचल्ली

दलालले झुक्याएर साउदी पुर्यायो, फाँसिको सजाय छोरालाई, परिवारको बिचल्ल

काठमाडौं– हास्य तथा ब्यंग्यका चर्चित राजा राजेन्द्र पोखरेलले वैदेशिक रोजगारीको पीडा समेटेर मार्मिक गीत ‘सालको पात’ दर्शक तथा स्रोतामाझ ल्याएका छन् ।

यो गीतमा विदेशमा रोजगारीको शिलशिलामा गएका व्यक्ति जेल पर्दा त्यसको परिवारमा पर्ने पीडालाई चित्रण गरिएको छ । यो गीतमा श्रमदीप चौलागाईँको शब्द तथा संगीत छ । गीतमा गोपाल रसाइलीको संगीत संयोजन छ ।

SUBSCRIBE US ON YOUTUBE

DKNEPAL AD SPACE

गीतको भिडियोमा वैदेशिक रोजगारिको शिलशिलामा विदेश गएका एक व्यक्ति विदेशको जेलमा पर्दा त्यसको परिवारले उसलाई नेपाल ल्याउन गर्ने विभिन्न संघर्षको कथा बुनिएको छ ।

भिडियोमा शिल्पा पोखरेल, सुरवीर पण्डित, युवराज गौतम, एलेक्स खड्का आदि कलाकारले अभिनय गरेका छन् ।

दिन्सन शाहको सम्पादन रहेको भिडियोको छायांकन तथा निर्देशन ज्ञानेन्द्र एस हुमागाईँले गरेका हुन् ।

‘हामीले गीत लामो समयसम्म प्राथमिकता पर्ने हिसावले तयार पारेका छौं, गायक पोखरेल भन्छन् – ‘गीतले आपतमा परेका नागरिकलाई पनि झक्झक्याउँछ ।’

राजेन्द्रका अहिलेसम्म चार वटा गीत बजारमा आएका छन् । गायन पनि कलाकारिताको एउटा महत्वपूर्ण पाटो भएकोले आफुले अभिनयसंगै गायनमा पनि रुची देखाएको पोखरेलको भनाइ छ ।

२०८० आश्विन ६, शनिबार प्रकाशित

Dknepal हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।