सबै कम्युनिस्ट एकै ठाउँमा उभिनुपर्ने बेला आयो : प्रधानमन्त्री दाहाल

हेटौंडा — प्रधानमन्त्री पुष्पकमल दाहालले समाजवादी गणतन्त्र बनाउन सबै कम्युनिस्टहरु एक ठाउँमा उभिनुपर्ने बताएका छन् ।

आइतबार मकवानपुरको हेटौंडामा आयोजित समाजवादी मोर्चाको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

SUBSCRIBE US ON YOUTUBE

DKNEPAL AD SPACE

उनले कम्युनिस्टहरु विभाजित मात्रै हुन्छन् भन्ने भाष्य बनाउन खोजिएको भन्दै कम्युनिस्टहरु आवश्यक पर्दा एकजुट भएर साझा समस्याविरुद्ध, साझा दुश्मनका विरुद्ध लड्न त्यत्तिकै सिपालु छन् भन्ने सावित गर्नुपर्ने बताए ।

कम्युनिस्ट आन्दोलनका विगतका कुरा कोट्याउनुको सट्टा सबै कम्युनिस्टहरुका भंगाला एक हुनुपर्ने बेला आएको उनको भनाइ थियो ।

प्रधानमन्त्री दाहालले कम्युनिस्ट समूहहरु अब विस्तारै फेरि एउटमै मुलधारमा समाहित हुने परिस्थिति बनेको बताएका थिए । एकले अर्कोलाई अपमानित गर्ने, अनुभवलाई तिरस्कार र नजरअन्दाज गर्न नहुने पनि उनको भनाइ छ ।

‘म तपाइँहरूलाई विशेष रुपले अपिल गर्न चाहन्छु, हामी यो गणतन्त्रलाई जनताको गणतन्त्र बनाउने ठाउँमा, समाजवादी गणतन्त्र बनाउने ठाउँमा अघि जानको लागि हामी एकजुट हुनुको कुनै विकल्प छैन, कम्युनिस्टहरु विभाजित मात्रै हुन्छन् भन्ने भाष्य जो बनाउन खोजिएको छ ।

होइन, कम्युनिस्टहरु आवश्यकता पर्दा एकजुट भएर साझा समस्याका विरुद्ध, साझा दुश्मनका विरुद्ध लड्न त्यत्तिकै सिपालु छन् भन्ने सावित गर्ने यो अवसर छ,’ माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले भने ।

यस क्रममा उनले सबै विभाजित समूहहरूलाई एक भएर अगाडि बढ्न आह्वान गरेका थिए ।

उनले भने, ‘अहिले मेरो अपिल के छ भने विभिन्न भंगाला हुँदै अघि बढेका कम्युनिस्ट समूहहरु अब विस्तारै फेरि एउटै मुलधार केन्द्रमा समाहित हुने परिस्थिति बनेको छ । यो परिस्थितिमा हामीले एकले अर्कोलाई अपमानित गर्ने, अनुभवलाई तिरस्कार र नजरअन्दाज गर्ने, त्यो गल्ती हामीले बिल्कुल गर्नु हुँदैन ।’

प्रधानमन्त्री दाहालले निरंकुश राजतन्त्रवादीहरुले लोकतान्त्रिक आन्दोलनका नेतामाथि खुलेआम खुकुरी प्रहार गर्ने घटना सामान्य नभएको पनि बताएका थिए ।

साथै कम्युनिस्टहरू कमजोर हुँदा विपक्षीहरुले शीर उठाउने कुचेष्टा गरिरहेको उनले बताए ।

‘कहिलेकाहीँ सोसल मिडिया हेर्ने हो भने सुन्नै नसकिने, चित्र हेर्नै नसकिने, लाजै मर्नु जस्तो हेर्नु परिरहेको छ ।

किनकि हामी अलि कमजोर देखिएपछि कसरी प्रतिक्रान्तीकारीहरुको मनोबल उठ्दो रहेछ, पूरा होहल्ला गरेर । अस्ति त काठमाडौंमा खुकरी हान्ने काम भयो ।

निरंकुश राजतन्त्रका दलालहरु, भ्रष्ट गुण्डाहरुले लोकतान्त्रिक आन्दोलनका नेतामाथि खुलेआम खुकुरी प्रहार गर्ने घटना सामान्य घटना होइन, सबै सचेत हुनुपर्छ,’ दाहालले भने ।

यसैबीच उनले केही समयपछि राष्ट्रियता, जनजीविकाको विषयलाई लिएर लाखौं जनतालाई सडकमा ल्याउने पनि उनको घोषणा थियो ।

‘सामन्ती दलाललाई जनताको तागतले सात्तो जाने गरी प्रदर्शन गर्नेछौं,’ प्रधानमन्त्री दाहालले भने ।

२०८० भाद्र २४, आईतवार प्रकाशित

Dknepal हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।