पारी लगिएका दुई भारी – उप-प्रा. श्याम खनाल
प्रधानमन्त्री प्रचण्डजीको भरखर भारत भ्रमण भएको छ । पहिलो र दोस्रो पटक प्रधानमन्त्री हुनभन्दा फरक पोशाकमा उहाँको भ्रमण भएको हो । अर्थात् उहाँहरूकै भाषामा भन्नुपर्दा राजा महाराजाहरूले लगाउने सामन्तवादी पोशाक दौरा सुरुवालमा उहाँको भ्रमण भएको हो । यस पटक प्रधानमन्त्री हुँदा ओलीको आग्रहमा दौरा सुरुवाल लगाउनु भयो भन्ने सुनिन्थ्यो । तर पछि गठबन्धन परिवर्तन हुँदा पनि प्रचण्डजीले धेरै स्थानमा यही पोशाकलाई नै निरन्तरता दिइराख्नु भएकाले श्रद्धा नभएको पोशाकमा किन निरन्तरता छ त्यो विषय उहाँले नै जान्नुहोला ।
भारत या अरु कुनै पनि देशको उच्चस्तरीय भ्रमण हामीजस्तो गरीब देशका लागि नेता कार्यकर्ताहरू लगेर घुमाउने, रमाउने र उही थाल थापेर मात्र आउने भइरहेको छ । तर पनि अरु देशको भन्दा सीमाना जोडिएको देश भारत भ्रमणलाई सबैले अलि गम्भिर ढङ्गले नै हेरिएको पाइएको छ । चीन पनि सीमाना मै छ तर भारतलाई त्यसरी गम्भिर ढङ्गले हेरिनुको कारण भारतसँग हामीहरूको खुला सीमानाका साथ अरु केही कुराले सम्बन्ध पनि रहेको छ । खुला सीमानाका कारणले धेरै स्थानमा सीमास्तम्भ सम्बन्धी वादविवाद पनि रहेको छ भने भारतलाई पनि नेपालबाट पानी र विद्युत्को खाँचो भएकाले यी नेताहरूले कतै स्वार्थपूर्तिका लागि यस्ता महत्त्वपूर्ण कुराहरू उतै लगी बेचेर त आउँदैनन् भन्ने शङ्का पनि रहेको छ । हाम्रो समाजमा “आफ्ना थैलीहरूको सुरक्षा आफैले गरे कसैलाई चोर भनी शङ्का पनि गर्नु पर्दैन” भन्ने उखानले भनेजस्तै हामी आफू ठिक तरिकाले देशभक्तिको दिशामा लागे यहाँ कसैले केही गर्नेवाला छैनन् । कुनै शस्त्रको बलले हाम्रो देश सुरक्षित नभई राजा महाराजाहरूको नेतृत्वमा हाम्रा पिता पूर्खाहरूको यस्तै कुटनीतिक नीतिले नै देशको अस्तित्व अहिलेसम्म रहेको हो ।
हाम्रो समाजमा “आफ्ना थैलीहरूको सुरक्षा आफैले गरे कसैलाई चोर भनी शङ्का पनि गर्नु पर्दैन” भन्ने उखानले भनेजस्तै हामी आफू ठिक तरिकाले देशभक्तिको दिशामा लागे यहाँ कसैले केही गर्नेवाला छैनन् । कुनै शस्त्रको बलले हाम्रो देश सुरक्षित नभई राजा महाराजाहरूको नेतृत्वमा हाम्रा पिता पूर्खाहरूको यस्तै कुटनीतिक नीतिले नै देशको अस्तित्व अहिलेसम्म रहेको हो ।
यस भ्रमणलाई पहिलेदेखि नै चाँडै गर्न खोजिए तापनि भारतले त्यति साह्रो महत्त्व नदिएका कारणले यो पछि सरेको हो भन्ने विश्लेषण धेरैको रहेको पनि छ । त्यही कुराको प्रमाणका रूपमा प्रचण्डको स्वागतका लागि राज्यमन्त्रीको उपस्थिति रहेको हो भन्ने उनीहरूको मत छ । पूर्वप्रधानमन्त्री केपी वली भारत जाँदा स्वागतका लागि तात्कालीन उपप्रधान एवम् गृहमन्त्री राजनाथ सिंह आए तापनि निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा र वर्तमान प्रधानमन्त्री प्रचण्डजीको भ्रमणका लागि स्वागत गर्न राज्यमन्त्री आउनु त्यसकै बलियो प्रमाणका रुपमा उनीहरूले बुझेका छन् । संविधान जारी गर्ने समयमा भारतले केहि समय रोक्नुपर्यो भनी गरेको आग्रहलाई नेपालले नमान्दा वर्तमान भारतीय नेतृत्वसँग नेपालको त्यति राम्रो खुलेर सम्बन्ध हुन नसकेको कुरा त विभिन्न घटना परिघटनाहरूबाट देखिएकै छ ।
यस पालिको भ्रमणमा प्रचण्डजीले के के उपहार लानुभयो ? के के लिएर आउनुभयो ? के के सम्झौता गर्नुभयो ती कुराहरू विभिन्न समाचार एवम् लेखका माध्यमले लगभग जानकार भएकै विषय हुन् । तर मैले यो पटक उहाँले लगेका विशेष दुईओटा कोसेलीका पोकाहरूका बारेमा यहाँ उल्लेख गर्न खोजेको छु । यी कोसेलीहरू तौलका हिसाबले त्यति ठूला पोका भने होइनन् । तर महत्त्वका हिसाबले भने धेरै महत्त्वपूर्ण पोकाहरू हुन् ।
प्रचण्डजीले लगेको पहिलो पोको भनेको नागरिकता विधेयकको पोको हो । नागरिकता विधेयकको पोकोको बारेमा त सबैलाई थाहा थियो नै भन्ने होला । थाहा त थियो तर कसका लागि यो पोको लगिएको थियो भन्ने कुरा धेरैलाई थाहा नै छैन । यहाँ त बाहिर प्रचारप्रसार त मिसिनरीहरूले नरेन्द्र मोदीका लागि लगिएको हो नागरिकता विधेयकको पोको भनिरहेका छन् । तर यो पोको विशेष गरेर २०६३ मा तात्कालीन सोनिया गान्धी सरकारलाई खुशी गराउन पास गरिएको नागरिकता विधेयककै बाँकी अंश हो । सो नागरिकता विधेयक पास गरेर नेपालका तराई क्षेत्रहरूमा पाकिस्तानी र वंगलादेशी एवम् केही सेकुलर हिन्दूहरूलाई नागरिकता बाँडिएको कुरा त सबैले देखेकै विषय हो । त्यसको बाँकी अंश पनि अहिले पास गरी अब उनीहरूका पुत्र पुत्रीहरूलाई पनि नेपालका सर्वोच्च पदमा जान सकिने किसिमले नागरिकता दिइने भएको हो । त्यस्तै यो विधेयकले मामा र भाञ्जाको एउटै गोत्र बनाउने खालको अवैदिक नियमअनुसार नागरिकता दिई विज्ञानलाई समेत च्यालेन्जको भाषा बोलेको छ । अर्थात् बाबा विना नै बच्चा । यहाँ कसैलाई शंका लाग्ला त्यसो हो भने विपक्षीलाई खुशी बनाउन ल्याइएको विधेयक त नरेन्द्र मोदीले रोक्न पर्ने । सामान्य हिसाबले सोँच्दा त्यसो लाग्नु ठिकै हो । तर आफ्ना देशमा विकराल ढंगले दुख दिइरहेका पाकिस्तानी, रोहिङ्ग्या र वंगलादेशीलाई नेपाली नागरिकता दिएर नेपालले लैजान्छ भने कुचाले बढार्नुपर्ने कसिंगर हावाले उडाइदियो भनेजस्तै उनलाई भएको छ । त्यसैले सोनिया गान्धी र सीताराम याचुरीबाट ओतप्रोत पाई नेपालमा सशस्त्र आन्दोलन गरेका प्रचण्डजीले बडा कुटनीतिक पाराले पहिलो उपहार लिएर भारत गएका हुन् । किनकी प्रचण्डजी लगायत नेपालको सेकुरालिज्मवाला समूह बहुत चलाख छ । केका लागि त भन्दा हिन्दूनेता मोदीलाई कलङ्क लगाउने अनि काम चाहिँ सेकुलरिज्मबाट देशलाई नै क्रिश्चियन र मुसलमानले भर्ने सोनिया आदिको गर्ने । यस्तो खालको अर्को उदाहरण हो – संविधान जारी गर्ने बेला । सो समयमा संविधान तिनै पश्चिमाहरूबाट प्रशिक्षितहरूका सल्लाहले जारी गर्न लाग्दा भारतको नेतृत्वले हिन्दूत्वका पक्षमा संविधान जारी गर्नुपर्यो भनेर सल्लाह दिँदा बदनाम चाहिँ लौ भारतले एक मधेश एक प्रदेश गराउन पर्दछ भनेर संविधान रोक्न खोजेको छ भनेर गराए ।
दोस्रो कोसेली चाहिँ भरखर मात्र देखाइएको जनगणनाको रिजल्टको पोको । जनगणनाअनुसार हिन्दूहरूलाई अझै पनि ८१ प्रतिशतभन्दा बढी देखाइएको छ । यस किसिमको रिजल्ट देखेर फेरी हाम्रा हिन्दूहरू मख्ख । कमसेकम गाउँगाउँमा कति धेरै चर्च बनेका छन् । आफ्नो स्थानमा क्रिश्चियनहरूको संख्या कति धेरै बढेको छ तराईमा कति धेरै मुस्लिमहरूको आवादी बढेको छ भन्ने देख्दादेख्दै पनि मस्ताराम तरिकाले त्यही झुटो विवरण सेयर गरेर मख्ख परेको छ । प्रचण्डलाई भारतको वर्तमान नेतृत्व पक्षले हिन्दुविरोधि मानेको र यिनीहरूकै कारणले नेपालमा क्रिश्चियनहरूको बढोत्तरी भइरहेको कुराको आँकलन गरेकाले गर्दा प्रचण्डले ठूलो चतुर्याइँद्वारा नरेन्द्र मोदीजीलाई झुठ्ठा प्रतिवेदनको पोको बुझाएर आउनुभएको छ । त्यतिमात्र नभएर दुई महिना अगाडि हिन्दूहरूलाई गाली गर्नेले अझ महाकालमा गएर गेरुवस्त्र धारण गरी आफू हि्न्दू विरोधि नभएको संदेश दिएर पो आउनुभएको छ । यी दुई पोका बाँधेर पठाउने उहाँका कुलगुरु मसाने महाराजलाई उहाँले गरेको कुटनीतिक चालप्रति हाम्रो पहिलो नमस्कार छ । किनकि शास्त्रले भन्छ – प्रथमं दुर्जनं वन्दे ।
तर पनि देशको सकारात्मक परिवर्तनका लागि भूमिगत हुनुभएका प्रधानमन्त्री प्रचण्डप्रति हामी सामान्य मानिसहरुको “तपाइँले बाबुराम नरेन्द्रजङ्ग आदिको दबाबले २०६० पछि पार्टी र देशलाई निरपेक्षताको माध्यमले क्रिश्चियनीकरण गराई तहसनहस पार्नुभएकाले अब मोहन वैद्य आदि तपाइँका असल गुरुहरुका सल्लाहले देशलाई यही देशकै धर्म संस्कार र संस्कृति अनुकुल ढाल्नुहोस्” भन्ने हार्दिक आग्रह छ ।
।अस्तु।
***********************************************