आरजुका कर्तुतहरूको पर्दाफास
भारतबाट मनोविज्ञानमा विद्यावारिधि गरेकी नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाको धर्मपत्नी एवम् नेपाली काङ्ग्रेसबाट समानुपातिक सभासद डा. आरजु राणा(देउवा) ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक) को संस्थापक अध्यक्ष तथा सल्लाहकार, साथी नेपालको संस्थापक, पूर्वअध्यक्ष र सल्लाहकार, सुरक्षित मातृत्व सञ्जाल महासंघको संस्थापक तथा अध्यक्ष, नामीको अध्यक्ष, यूलेन्स स्कुलको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष र रक्तदाता संघको संरक्षक रहेको स्वयं आफैले जिकिर गरेकी छिन् ।
गजब्बको कुरा त यो छ कि राणा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रहेको युलेन्स स्कुलमा कक्षा एकमा भर्ना गर्न जनही दुई लाख रुपैयाँ बुझाउनु पर्ने र मासिक साठी हजार बराबर बुझाउनु पर्ने तथ्य राष्ट्रिय टेलिभिजन नै सार्वजनिक गर्यो ।
तलको भिडियो तपाइको लागि ! हेर्नू भयो?
त्यस्तै नारायणहिटी संग्रहालयभित्र रेष्टुरेन्ट सञ्चालन गर्न लागेको र पशुपति धर्मशालामा होटल र व्यापारिक प्रतिष्ठान सञ्चालन गरेको बतास समूहको सल्लाहकारमा नेपाली काङ्ग्रेसका सभापति पत्नी राणा रहेको सार्वजनिक भएपछि चर्चाको शिखरमा चुलिन पुगिन् ।
गत मंसिरमा सम्पन्न चुनावको प्रचार प्रसारमा फ्री भिसा फ्री टिकटको आश्वासन बाड्दै हिडेको भेटिएता पनि राणालाई निर्वाचन उल्लंघन सम्बन्धि कुनै पनि कानुन लागेन । जबकि राणाको त्यो आश्वासन अझै पनि समाजिक सञ्जालमा पाइन्छन् । उनको स्पष्टीकरण थियो “मैले त्यो बोलेकै होइन ।”
तत्कालै नक्कली शरणार्थी प्रकरणमा मञ्जु खाँण र आरजु राणाको अडियो संवाद सार्वजनिक भएपछि फेरि चर्चा बटुल्दै छिन् । अडियो संवादमा अनामनगर स्थित हनुमान थान पछाडि गएर मञ्जु खाँणलाई छ करोड दिएको र राणाले घरैमा साढे दुई करोड लिएको बताइएको छ ।
यी र यस्तै काण्ड अनि पहुँचवालाहरूका लागि कहिल्यै कुनै कानुनी अनुसन्धान प्रक्रिया नै सुरुवात नहुनुले आम भुइँ मान्छे दिनदिनै ठगी रहेछन् भने उनीहरू रातारात धनी बनी रहेका छन् । अब यो नक्कली शरणार्थी प्रकरण पनि डिसमिस हुने हो कि ? भन्ने आशंका गरिदैँ छ तथापि केही झिनो आश भने अझै मरिसकेको छैन । एकचोटि यी र यस्ता काण्डमा कानुनी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको भए मात्रै पनि केही हदसम्म अपराध संरक्षण गर्ने उद्योग संसद भवन बन्दैनथ्यो कि ?
-देवेन्द्र सापकोटा
gmail:- debendrasp99@gmail.com