काठमाडौका मेयर बालेन शाहले योमरी पर्व र उधौली पर्वको अबसरमा दिए शुभकामना

य:मरि च्वामु, उकिइ दुने हामु,
बिउम्ह ल्यासे, मबिउम्ह बुरिकुति
त्य: छिं त्य:, बकछिं त्य:
लातापाता कुलिचां जुसें त्य:….

यसदिन केटाकेटीहरु रमाईलो गर्दै छरछिमेकको दैलोमा गएर योमरी माग्ने चलन पनि छ, काठमाण्डौको हरिसिद्धी र ठेंचोमा आज एउटा विशेष मुखौटो लगाएर नाच देखाईने चलन पनि परापूर्वकालदेखि हुँदैआएको पाइन्छ ।

SUBSCRIBE US ON YOUTUBE

DKNEPAL AD SPACE

योमरि कसरी बन्यो भन्ने कुराहरूमा भने अहिलेको पनौती रहेको ठाउँमा एउटा परिवारले नयाँ धानको चामलबाट बनाएको नयाँखाले परिकारका रुपमा योमरि देखा परेको र सम्पूर्ण गाउँलेहरुलाई उक्त परिकार चाख्न दिएकोमा सबैलाई मनपरेर योमरि नाम दिएको जनउक्ति छ, नेपाल भाषामा योमरि भन्नाले मिठो रोटी भन्ने बुझाउँदछ ।

योमरिको प्रसङ्ग देवगणसंग पनि जोडिएर आउँछ, नेवार समूदायमा प्रचलित कथाहरूका अनुसारः योमरि देखा परेकै दिन धनका राजा कुबेर भेष बदलेर बाटोमा हिंडि रहेका हुन्छन् यसरी भेष बदलेर हिंडिरहेका बटुवा कुवेरबारे थाहै नभएपनि उनलाई सत्कारपूर्वक सप्रेम योमरि खान दिएको कथा छ ।

कुबेर यो सत्कारबाट प्रसन्न भई धनधान्यले अपार वरदान दिएको मानिन्छ । योमरिझै सबैको जीवनमा मिठास होस्, स्वास्थ्य राम्रो होस् अनि सबैको यो हिउँद राम्रोसंग बितोस् |

साथै आजैको दिन ज्यापु दिवस पनि मनाइने गरिन्छ । ज्यापू सस्कृतीको रक्षार्थ बिसं २०६१ सालवाट यस दिवस मनाउन थालिएको हो ।

नेवा संस्कृति, संङ्गीत, बाजागाजा, भेषभूषा तथा एकता जस्ता पारम्परीक महत्वका अमूल्य धरोहरको जगेर्नाका साथै नयाँ पुस्तामा यसको ज्ञान समेतकालागि हरेक वर्ष काठ्माण्डाै उपत्यकाका भिन्ना भिन्नै स्थानमा कार्यक्रम हुन्छ।

यस १९औं ज्यापु दिवस् ज्यापु दिवस ११४३ विभिन्न नेवारी सभ्यता सहितका विभिन्न सांस्कृतिक झाँकिहरू देखाउने परम्परा रहि आएको छ ।

त्यस्तै गरि मेयर बालेनले किराँत समुदाय, राई र लिम्बुहरुले आफुले उब्जाएको अन्नबाली घर भित्राएपछी एक उत्सवको रुपमा परापुर्ब काल देखि मनाईदै आएको पर्व उधौली (सकेला र चसोक तङ्नाम) हो।

किराँती समुदायको पर्व उधौली “साकेला, चासोक तङनाम -२०७९”को सम्पुर्णमा सुभकामना ।

२०७९ मंसिर २२, बिहीबार प्रकाशित

Dknepal हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।