के यो सहि होत? थापाथलीको सुकुम्वासी बस्ती हटाउन माग गर्दै महानगरपालिका कार्यालय अगाडि प्रदर्शन

के यो सहि होत? थापाथलीको सुकुम्वासी बस्ती हटाउन माग गर्दै महानगरपालिका कार्यालय अगाडि प्रदर्शन

नक्कली सुकुम्वासीका कारण अशान्ति बढेको र सहरको सुन्दरता मासिएको दाबी

SUBSCRIBE US ON YOUTUBE

DKNEPAL AD SPACE

काठमाण्डाै – काठमाण्डाैकाे थापाथलीमा रहेको सुकुम्वासी बस्ती हटाउन माग गर्दै अभियन्ताले आज मङ्गलवार महानगरपालिका कार्यालय अगाडि प्रदर्शन गरेका छन् ।

केही दिन अघि महामगरले सो बस्ती हटाउनको लागि सुचना प्रकाशित गरेको थियो ! १० दिने सुचना पछि नगर प्रहरी लिएर बस्ती खाली गराउन गएको थियो !

उपत्यकावासी व्यवस्थापन तथा सहयोग सङ्घर्ष समितिले सुन्धारामा रहेको महानगरको कार्यालय अगाडि प्रदर्शन गर्दै सक्कली सुकुम्वासीकाे व्यवस्थापन गर्न र नक्कली सुकुम्वासीलाई तत्कालै नदी किनारबाट हटाउन माग गरेको हो ।


सुकुम्वासीकाे घर टहरा हटाइ, काठमाण्डौको सुन्दरता, सुशान्ति र मैत्रीपूर्ण वातावरण सिर्जना गर्न एक इन्च पनि महानगर पछि हट्न नहुने उनीहरूको भनाइ छ ।

महानगरले बस्ती हटाउन खोज्दा सुकुम्वासीको नाममा हतियारसहित प्रदर्शन हुने गरेको र यसले गर्दा काठमाण्डौमा त्रास फैलिएको तथा वरपरका बासिन्दाले असुरक्षित महसुस गरेका सङ्घर्ष समितिले जनाएको छ ।
सुकुम्वासीकाे नाममा सरकारी जग्गा कब्जा गर्ने र राजधानीलाई अस्तव्यस्त बनाउने क्रियाकलापको अन्त्य गर्न महानगरलाई साथ दिन तयार रहेको समेत समितिले जनाएको छ ।

प्रदर्शनमा पुग्नुभएका महेशलाल बज्राचार्यले सुकुम्वासीका नाममा भइरहेको दादागिरी अन्त्य हुनुपर्ने र सुकुम्वासीको तथ्याङ्क सङ्कलन गरी सही सुकुम्वासीको व्यवस्थापनका साथै भूमिहीन सुकुम्वासीको उचित व्यवस्थापन गर्न आवश्यक रहेको बताउनुभयो ।

उहाँले सुकुम्वासीको खोल ओढेर र राजनीतिक दलहरूको छत्रछायामा भइरहेका गतिविधिहरूको अन्त्य हुन जरुरी रहेको बताउनुभयो ।

त्यस्तै अर्का प्रदर्शनकारी पृथाविन्दु महर्जनले राजनीतिक दलहरूले नै नक्कली सुकुम्वासीलाई काखी च्यापेको आरोप लगाउनुभयो ।

उहाँले स्थानीय निकायले सही सुकुम्वासी पत्ता लगाइ उनीहरूको व्यवस्थापन गर्न लाग्दा राजनीतिक दलहरूले हस्तक्षेप गरिरहेको आरोप लगाउनुभयो ।

२०७९ मंसिर २०, मंगलवार प्रकाशित

Dknepal हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।