रोहिङ्या, भुटानी र नेपाली शरणार्थी

रोहिङ्ग्या र भुटानी एवम् नेपाली सुकुम्बासी –

उप-प्रा.- श्याम खनाल

काठमाडौँको असन इन्द्रचोक आदि स्थानतर्फ हामी गयौँ भने त्यहाँ वर्माबाट वङ्गलादेश-भारत हुँदै नेपाल आएका रोहिङ्ग्या मुसलमानहरूले विभिन्न व्यवसाय गरेर बसेको हामीले देख्दै आएका छौँ । तिनीहरूको विशेष वसोस्थान भने कपनतिर रहँदै आएको छ । पहिला आउँदा दुईजना आएका पनि अहिले यहाँ ५ जना भइसके, किनभने उनीहरूले परिवार नियोजन गर्नु पाप भन्ने बुझेका छन् । नेेपालको नयाँ कानूनअनुसार ती नेपालमा जन्मिएकाहरू अबको १० वर्षभित्रै नेपाली नागरिक हुन पाउनेवाला छन् ।

SUBSCRIBE US ON YOUTUBE

DKNEPAL AD SPACE

हाम्रो देशसँग वर्माको सीमानाका जोडिएको त थिएन । तर तिनीहरूलाई कसरी र किन यहाँ ल्याइयो । यो भविष्यको चिन्ता यहाँका कुनै महामानवहरूलाई पनि छैन । यिनीहरूले कालान्तरमा नागरिकताको कागज पाएपनि र यहाँ बसोबास गरे तापनि उनीहरूको मन कताको हुन्छ त्यो भन्नै परेन ।

त्यस्तै केही पहिले भुटानी नागरिक पनि यसै गरेर शरणार्थीको रूपमा नेपाल आए । तर उनीहरू आफ्नो सम्पत्तिको लागि भुटान गए तापनि नेपाल सरकारले नागरिकता दिएमा कालान्तरमा नेपाल नै आएर बस्ने थियो । तर यी फिरङ्गीका पाउ पर्ने कुनै पनि सरकारले उनीहरूको विचारको कदर गर्न सकेन । पछि अन्यत्रै देशमा उनीहरूलाई लगियो । उनीहरूले जुनसुकै देशको नागरिकताको कागज लिए तापनि उनीहरूको मन सधै नेपाली नै हो । यो कुरोमा कतैबाट पनि शङ्का हुँदैन ।

यसरी नेपाली मुलका भुटानीलाई अरु नै देशमा लखेटियो । तर हामीसँग नाका नजोडिएको देशका शरणार्थीहरूलाई हामीले यहाँ पालेका छौँ । भोली के हुन्छ – भारतमा आएको अहिलेको समस्या उदाहरणको रूपमा देखेकै छौँ ।

अब आएको सुकुम्बासीको कुरा । हुन त अहिलेसम्मका अधिकांश नाम मात्रका सरकारको त के कुरा गरौँ र । सामान्य बाटो घाटो र दैनिक जीवनका समस्याको पनि समाधान गर्न नसक्नेले सुकुम्बासीको समस्या समाधान गर्न सकेन भनेर । तर पनि के गर्ने नागरिक भएपछि बोल्नुपर्ने रहेछ ।

बालेनले काठमाडौँ शहरको सरसफाइँको लागि गरेको कार्यको सराहना अलिकति चेतना भएका मानिसले गर्नै पर्ने हुन्छ । छोटो समयमै काठमाडौँको रुपमा परिवर्तन भएको उनी र उनको कारणले हो । यही सरसफाई अन्तर्गत उनले अस्तिको दिन अवैधानिक तरिकाले बसेका भनेका सुकुम्बासीलाई त्यहाँबाट हटाउने असफल प्रयास गरे । काठमाडौँको व्यवस्थित शहरीकरणको लागि उनीहरूलाई त्यहाँबाट हटाउनै पर्ने हु्न्छ । अरु जिल्लाका सुकुम्बासीले जस्तो आफू जहाँ बसेका छन् त्यही स्थानको जमिनको माग पनि उनीहरूको होइन ।

विदेशबाट अवैधानिक तरिकाले ल्याइएका रोहिङ्ग्याहरूलाई चाहिँ काठमाडौँमा खुलम्खुल्ला बासस्थान तर नेपाली सुकुम्बासीहरूलाई भने जोडोको समयमा ओतविहिन विचल्ली । त्यसैले पहिले यी काठमाडौँका सरकारी जग्गा कब्जा गरेर बसेका रोहिङ्ग्यालाई वर्माबाट जुन देशमा उनीहरू आएका हुन् त्यही देशमा फर्काउने काम गरेर मात्र नेपाली सुकुम्बासीहरूको स्थानान्तरण गरोस् ।

यसका लागि केही गारो छैन । गर्ने इच्छा राखे भरखर समाधान हुन्छ । नभए मित्रराष्ट्र भारतले कठिन पहाडी क्षेत्रमा पर्ने आफ्ना प्रदेशकेन्द्र जाने बाटो पनि चारलाइन गर्दा पनि हामीले हाम्रो देशको राजधानी जाने बाटोमा पनि घण्टौँको जाम लगाएर हिँड्नुपर्ने हुन्छ । अनि गाली चाहिँ आफ्ना नेतालाई गर्न नसकेर पारीतिर गर्नुपर्ने हुन्छ ।

अर्थात् गाउँ दिनप्रतिदिन खाली हुँदै गइरहेका छन् । खेती कसैले गरेका छैनन् । जग्गा जमीन बाँझै छन् । ती स्थानको उपयोग नेपाल सरकारले गर्न सक्दैन र ? त्यसैले घर बनाउने खर्च नेपाल सरकारले व्यहोरी ती स्थानमा सुकुम्बासीलाई पुर्याई यसको स्थायी समाधान गरोस् भन्ने धेरै नेपालीहरूको आशय रहेको छ ।

२०७९ मंसिर १३, मंगलवार प्रकाशित

Dknepal हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।