हाम्रो महानगर हाम्रो मेयर
काठमाडौं । स्थानीय तहको चुनाव नजिकिएसँगै काठमाडौं को चिया पसल घरदेखि टोलका चोक चोकमा चुनावी बहस हुन थालेको छ । विगतमा नेतृत्व लिन सफल नभएका नेताहरु बिचमै मन्त्री त्यागेर आउने नेता तथा सामान्य उमेदवार यस पटक जसरी पनि नेतृत्व हत्याउने रणनीतिमा लागेको देखिन्छ । यस्तै काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिनेमध्ये यसपाली सामाजिक सञ्जाल र युवाहरुमाझ चर्चित नाम हो रास्ट्रिय यथार्थबादी पार्टी नेपालका महासचिव आनन्द राज जोशी ।
बौद्धिक र क्षमतावान युवा नेता आनन्द राज जोशी काठमाडौंमा विकास प्रेमी नेताका रुपमा परिचित छन् १४ बर्स सिङापुर थाइल्यान्ड मा भोलेन्टियर गरेर मलेसिया थाइल्यान्ड सिङापुर का जेलमा रहेका १०० मान्छे को उद्दार बिमारी भयका लाई उपचार गरेर नेपाल पठाउन जोशी को विशेष योगदान रहेको थियो । त्यस्तै युवा पुस्ताका मतदाताको उनी प्रति आकर्षण देखिएको छ । काठमाडौंमा उम्मेदवारबीच एकातिर दलगत प्रतिस्पर्धा नै हुने अनुमान छ भने अर्कातिर स्वतन्त्र उम्मेदवार र साना राजनीतिक दलका उम्मेदवार पनि निर्णायक हुन सक्ने आकलन गरिएको छ ।
स्थानीय सरकार भनेको विकास, समृद्धि र सुशासनको अनुभूति प्रदायक संस्था भएकोले आफ्नो आवश्यक्ता महसुस गरेर उम्मेदवारी दिएको उनले दाबी गरेका छन् । महानगरको मेयर पदका आकांक्षीहरु मध्य बलियो र धेरै जनमत भएको उम्मेदवारको रुपमा आफू नै रहेको जोशीको दाबि रहेको छ ।
के छन् काठमाडौंको मुहार फेर्ने योजना के गर्नुहुन्छ जनता को लागि ?
जोशी भन्छन्- “काठमाडौंको मेयरमा मैले दाबी दिनको मुल उदेश्य भनेको सुसासन, फ्री स्वास्थ्य शिक्षा फोहोर व्यवस्थापन, व्यवस्थीत पार्किङ, काखमा दूध पिउने बच्चा लिएर जो आमा दिदी बैनी ठेलाको व्यापार गर्नुहुन्छ उहाँहरुको व्यवस्थापन गर्ने मेरो पहिलो प्राथमिकता रहनेछ । त्यस्तै फ्री पार्किङको व्यवस्था गर्नेछु । काठमाडौंको खाल्ता २४ घन्टा भित्र पुर्ने समेत मेरो योजना रहेको छ । त्यस्तै अस्पतालमा विमारी कुरुवाको बस्ने राम्रो व्यवस्था गर्नेछु फ्री वाइफाइ अस्पताल मा बिमारी कुरुवा सुत्ने बेबस्था। साथै ठाँउ ठाँउमा सौचालयको व्यवस्था मिलाउने छु । अमिरिकी लोकल जस्तै काठमाडौंको आदिवासी लाई घर कर मिनाहा, फ्री व्यवसाय दर्ता तथा प्रत्यक वडामा बच्चाको लागि पार्कको व्यवस्था खेलकुद को लागि खुला चौर ग्याम को सामाग्री लगायतका योजना रहेका छन् ।