अख्तियारको सुस्तता
भ्रष्टाचार नियन्त्रणको सवालमा सर्वप्रथम सुनिने संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग।तर यो लाचार र लबस्तरो अर्को छ जस्तो लाग्दैन।
भरतमणि पौडेलको शब्द सापट लिएर भन्दा “अख्तियार दूरुपयोग अनुसन्धान आयोग हामी जस्तो भुई मान्छेले मात्र पढ्यो त्यहाँ भित्र हुनेले पढ्न सकेन।”नेपाल जस्तो मुलुकमा भ्रष्टाचार नियन्त्रण निकाय र त्यसको भूमिका कुन स्तरमा हुनु पर्ने हो त्यो हुन सकेको छैन। केवल नाम मात्रैको छ अख्तियार दुरुपयोग अनुसन्धान आयोग।
अहिले मैले यो लेख लेखिरहँदा अख्तियार प्रमुखको नाम र काम थाहा पाउन नेटमा खोज्नु पर्ने भएको छ। बल्लतल्ल थाहा पाएँ अख्तियार प्रमुख आयुक्त प्रेम बहादुर राई । मैले यो भनी रहँदा केवल चर्चाको हिसाब किताब गरेर हचुवाको तालमा भनिरहेको छैन। उसको लाचारीपनले हद नाघेर भनिरहेको छु।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भन्दा अहिले सायद रवि लामिछनेको “सीधा कुरा” कार्यक्रमले बढी भ्रष्टाचारी जाक्न सफल होला। केवल रवि लामिछानेको समूहले दुई वर्षमात्र दुई सय भन्दा बढ्ता भ्रष्टाचारी समातेका छन्। अख्तियार दुरुपयोग आयोगले केवल निरीह जनतालाई मात्र नियन्त्रणमा लिएको छ भन्दा अत्युक्ति नहोला किनकि सम्माननीय प्रधानमन्त्री देउवाकै ३३ किलो सुन काण्ड, सभामुख अग्नि प्रसाद सापकोटा, कांग्रेसका विजकुमार गच्छदार,नेकपा एसका माकुने, जसपाका डा. बाबुराम भट्टराईहरूको बालुवाटार जग्गा प्रकरण ,सभामुखको त्यतिमात्र नभएर हत्या अभियोगको फाइल वर्षौंदेखि पेन्टिङको पेन्डिङ्गमै छ।
कहिलकहीँ विद्यालय वरिपरि शिक्षक र बुद्धिजीवीहरूले कुरा गरेको सुन्छु “अख्तियारको पनि माफियसँग भित्रभित्रै सेटिङमेटिङ छ जस्तो लाग्छ। लाचारीपनले पनि हद नाघी सक्यो।” यस्तै यस्तै वाक्यहरू प्रस्फुरित हुन्छन् वहाँका मुखार वृन्दबाट। मलाई पनि ठ्याक्कै यस्तै किसिमको भाव जागेर यो लेख लेख्न थालेको हुँ। यी र यस्ता असन्तुष्टिहरू र मनका भाव पोख्नलाई केवल लेख होइन शिव पुत्र गणेश अघि राखेर आफू स्वयं वेदव्यास नै बने पनि सकिन्न जस्तो लाग्छ।
हो यो कुरामा म पनि सहमत छु कि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई थप सशक्त, सक्षम र दरिलो पार्नका निम्ति भ्रष्टाचारविरूद्धको संयुक्त राष्ट्र संघीय महासन्धि, २००३ अनुसार भ्रष्टाचार हुने सबै क्षेत्रको नियन्त्रण गर्ने अधिकार दिइनु पर्दछ । झरना र खोला,नदी अनवरत रियाज गरिएका स्वरको गुञ्जायमान जस्को प्रयोग गरेर अरबौं वार्षिक आम्दानी भित्र्याउन सकिन्छ भनेर कक्षा ६ देखि घोक्दै घोकाइँदै आएको विषय सामाजिक अध्ययनमा ।
साहसिक पर्यटनका लागि वन्जिङजम्प, प्याराग्लाईडिंगको प्रचुर सम्भावना हरिया परिया कला कौशल, पुरातात्विक इतिहास र स्थलहरू विश्वको सर्वोत्कृष्ट तुल्याएको छ। अफ्रिका महादेश जुन नेपाल भन्दा २०५ गुणा ठूलो छ क्षेत्रफल नापतौल अनुसार ।
जसको विश्व सम्पदा सूचीमा परेको जम्मा ९ ओटा सुचिकृत रहेका छ्न् भने नेपालको १० ओटा विश्व सम्पदा सूचीमा सुचिकृत रहेको छ। त्यसैले मुलुकमा सुशासन प्रवर्द्धन र विकासमा जुन ढिलासुस्ति र सेटिङमेटिङका कार्यले विकास कार्यलाई अंध्यारो कुनामा पोको पारी थन्क्याएको छ।
त्यसको मूलभूत जरा भनेकै भ्रष्टाचार हो। जबसम्म भ्रष्टाचार नियन्त्रणमा तीव्रता आउँदैन तबसम्म सुशासन र विकासमा पनि तीव्रता आउँदैन । दोश्रो विश्व युद्धमा ध्वस्त बनेको जापान अहिले विकसित राष्ट्रहरूको अनुसूचीमा टपटेन भित्र पर्छ कारण सदाचार र सुशासन ।
कहिले काहिँ सुत्नुभन्दा अघि सोच्ने गर्छु यस्तै यस्तै विषयवस्तुहरूमा भ्रष्टाचार नियन्त्रणमा नियमक निकायहरूको नियमनमा न्यूनता आएको देख्दा, नैतिकतामाथि प्रश्नै प्रश्नको सगरमाथा बनेको देख्दा र सुशासन प्रवर्द्धन गर्छु भन्दै लादी थर्काएको देख्दा चट्ट यो जिन्दगी त्यागेर झट्ट कोतपर्व दोहोर्याउन सक्ने जंगे बनूँ झैँ लाग्छ ।
जसले पुन: देशमा उल्ट्याउन सकोस् समस्त राजनीतिक प्रणाली । अहिले पिण्ड खान्छु कि भरे पिण्ड खान्छु भन्ने टुङ्गो नभएकाहरूले पनि भ्रष्टाचारले छोडेको छैन । मैले अहिले सम्म नबुझेको कुरा भ्रष्टाचार यिनीहरूमा आएर लिसो टाँसिय सरी टाँसिएको हो कि यिनीहरू भ्रष्टाचारमा यिनीहरू जबरजस्ती गएर फेबिकल लगाएर टाँसिएका हुन्? यी र यस्तै प्रश्नै प्रश्नले कहिले काँहि चौतर्फी रूपमा घेरा लगाउँछ ।
देवेन्द्र सापकोटा……🖋️