प्रचलन, जौ र जमराको महत्त्व ? १९७० मा बागमती नदीमा घटस्थापनाको लागि…

#सन्दर्भ: आश्विन शुक्ल प्रतिपदा | घटस्थापना
#तस्विर: सन् १९७० मा बागमती नदीमा घटस्थापनाको लागी बालुवा निकालिंदै ||

SUBSCRIBE US ON YOUTUBE

DKNEPAL AD SPACE

#A_D_1970 #Ghatasthapana_Festival #Bagmati_River #Kathmandu

#प्रचलन:
घटस्थापनाको दिन झिसमिसे बिहानीमै आत्मशुद्धि पश्चात आफ्नो पायक नदी तथा खोलाबाट चोखो बालुवा या पञ्चमाटो ल्याई पूजाकोठामा राखी त्यस ठाउँमा जमरा उमार्न जौ छरिने प्रचलन रहिआएको छ ।

#महत्व:
वैदिक यज्ञको लागि अत्यावश्यक मानिने जौबाट उमारिएको जमरा माता भगवतीलाई मन पर्ने वनस्पतिमा पर्ने भएकोले पनि जमरा उमार्ने प्रचलन रहेको धर्मशास्त्रमा उल्लेख गरिएको पाइन्छ । जमरामा जौ बाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि धर्मशास्त्रमा नभए पनि कुल परम्परा र स्थान विशेषानुसार अन्य अन्न जौसँगै रोप्ने चलन पनि देशका विभिन्न भागमा छ ।

कालिका पुराणमा उल्लेख भए अनुसार हिन्दू संस्कृति अनुसार घट कलशमै सम्पूर्ण देवीदेवता सप्तसागर, सप्तद्वीप, सम्पूर्ण नदी एवं तीर्थहरू निहित रहेका हुन्छन, त्यसैले जमरा राखिएको स्थान नजीकै जलपूर्ण घडा स्थापना गरी वरिपरि नौवटा देवीको स्वरूपको प्रतिमूर्ति मानी गाईको गोबरले नौवटा देवीको वेदी बनाई लेपन गरिने प्रचलन पनि रहिआएको छ । जलपूर्ण कलशमा पञ्चपल्लवको पात चढाइ अनन्त शक्तिस्वरूपा महाकाली (संहार), महालक्ष्मी(सुरक्षा) र महासरस्वती (सृष्टि)को पञ्चोपचारले पूजा गरिन्छ।

नवरात्रि आरम्भ भएको मानिने यसै दिन देखी नवमीसम्म नवदुर्गाको पुजा गरिन्छ । ब्रहृमवैवर्त पुराण अनुसार नवरातृभर पुजा गरिने नवदुर्गाहरु प्रकति-पूर्व, चण्डिका-आग्नेय, भद्रकाली-दक्षिण, सर्वमङ्गला-वायव्य, वैष्णवी- उत्तर, शिवप्रिया-ईशान, जगदम्बिका- जल, थल र आकाश रहेका छन ।

#जमराको_महत्व:
नवरात्री यमद्रष्टाको समयमा पर्ने र यो समयमा रोग लाग्ने हुँदा रोग प्रतिरोधात्मक क्षमता वृद्धिको लागि जमराको रस बढी फाइदाजनक देखिएको छ । नौरथामा जमराको रस खाने कुराहरु उल्लेख नगरे पनि अहिले विभिन्न अनुसन्धानहरुबाट जमरामा रहेको औषधीय गुण देखिएको छ । जौमा पाइने विभिन्न गुणहरुका कारण पनि यसको अङ्कुरलाई विजयादशमीको प्रसादको रूपमा प्रयोगमा ल्याइ समृद्धिको प्रतिकका रुपमा जमरा लगाउने परम्परागत प्रचलन रहिआएको मान्न सकिन्छ |

#जौको_महत्व:
मानव सभ्यताको सुरुवाती अवस्था हेर्दा जङ्गली युगबाट सुरु भई कृषि युग सुरु भएको देखिन्छ । नदिको किनारामा भएको मानव सभ्यता प्रक्रियाको उत्खनन र अन्वेषण गर्दा मिश्रदेशहरु अनि चिनमा पनि हजारौं बर्ष पुराना जौको अवशेष भेटिनुले ब्यवस्थित खेती गरिएको पहिलो अन्न नै जौ भएको देखिन्छ । सनातन हिन्दु धर्मका संस्कारहरुमा पनि जौ, तिल, तुलसी, कुश आदि अभिन्न अङ्ग कै रुपमा रहेका छन् ।

२०७८ आश्विन २१, बिहीबार प्रकाशित

Dknepal हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।