त्यहि बिरानो मुलुकमा पसिनाको धारो
हाम्रो नी देश छ नी भन्दै, बगाउन पारो
कसलाई थाछ परदेश गएर धनै कमाउछ की
बाकस भर्न गाको छोरो बाकसमै आउछकी
सम्झे आँसु झर्छ
म जाम भने माटोले सराप्छ, नजाम भने बाटोले सराप्छ, मुटु गाँठो पारेरै भएनी उतै जानै पर्छ
माथिको हृदयबिदारक शब्दपङ्ती चर्चित गीतकार नारायण कंडेल का हुन।पुरै गित सुन्दा त भावबिह्वल बनाउछ, बिक्षिप्त बनाउछ सबैलाई।अझै परदेशको बाटो लागेकाहरु र तिनैका परिवार ले सुन्दा सायद भक्कानो फुट्ने गरी रुवाउछ।
कंडेले भर्खरै मात्र यथार्थपरक अनी वास्तविक कथामा सिर्जीत “यस्तै छ कहानी परदेशीको को भाग-४ को रुपमा “उतै जान पर्छ” नामक लोकगीत बजारमा लिएर आएका छन।
बाग्लुङ को बिहुँकोट करलिममा जन्मिएका कंडेल आफुपनी बिगत एक दशकदेखी बिदेशमै छन। जापान जस्तो मुलुकमा रहेर पनी गीतलेखन मार्फत निरन्तर नेपाली गीतसंगीत मा ठूलो योगदान गरीरहेका कडेलले लाखौ नेपाली ले दुईछाक पेट भर्नकै लागी आफ्नो देश छोडेर प्रदेशमा रगत लाई पसिना बनाएर बगाउनु परेको बाध्यता छ यिनै कथाहरुलाई कलात्मक र कारुणिक शब्दमा उतार्न सिद्धहस्त गीतकार कंडेलले यसपटक परदेशबाट घरदेश आएको मान्छे फेरी परदेश नलागी नहुने बाध्यकारी परिस्थिति लाई निकै शुन्दर र कारुणिक तरीकाले प्रश्तुत गरेका छन्। कडेल ले गीत मा संवादको रुपमा यसकथाको पृष्ठभूमि यसरी लेखेका छन्..
“ न परदेशमा फ्रिजको पानी ले मुलको पानी बिर्सायो न एसी को चिसो-तातोहावाले गाउँवेशीको तिर्सना मेटायो। प्रदेश पसेको दिन देखीनै उता देखेका हरेककुराले मरो पनी देश कहिले यस्तै होला भन्ने चिन्ताले रुवायो त कहिले मलाई मेरैदेशले कहिले फर्कि भन्छ भन्ने अनुत्तरित प्रश्न ले मन खायो।हामी जस्तोसाधारण मान्छेसंग सिँहदरबारको के नाता होस र बोलाओस तर आफुलाईजन्माएको घर ,उभिएर हिड्न सिकाएको आगन अनी त्यहि आगनको डिलमा मेरोबाटो हेरेर बसेका बुढा बाआमा,म बन्नमा धेरै कुरा खर्चेको जन्मगाँउ,सामाज, पाखापखेरो यि सबैलाई देख्ने ब्यग्र चाहनाले धरदेश नफर्कि किन मान्थ्यो र मन।तर घरदेश त फर्किन मात्र के पाएको थिएँ फेरी कथा उहि थियो ब्यथा उहि थियो। चारै तिर हेरें न त आखाका सपना यतै पुरा हुनेअबस्था देखेँ न त मनका चाहना। अनी फेरी मनले भन्यो तँ “मुटु गाँठो पारेरै भएनी उतै जान पर्छ”।
यिनै शब्दले गीतलाई झन परिभाषित गरेको छ। गीतमा अत्यन्त सुमधुर गायकीका धनी पछिल्लो समय “हातैका पौजाले”,“सनिसार”जस्ता बहुचर्चित गीतका गायक/सर्जक कुशल बेलवासे को मुटु हान्ने संगीत र आवाज रहेको छ भने श्रुतिसंवेग जस्तो देशकै लोकप्रिय रेडीयो कार्यक्रमका प्रस्तोता अच्युत घिमीरे “बुलबुल” को आवाजमा रहेको भुमीका वाचन ले झन गीतलाई सुमधुर बनाएको छ भने पछिल्लो समयका भिन्न र निकै सिर्जनात्मक कथा र भिडियो परिकल्पना दिन सक्ने निर्देशक बिनोद भण्डारी को निर्देशन मा बिनोद भन्डारी र जुना गुरुङ को उत्कृष्ट अभिनयले गीतलाई निकै न्याय दिएको छ।
बिनोद बाजुराली को संगीत संयोजन, नवराज उप्रेति को छायांकन, प्रबिण भट्ट को भिडियो सम्पादन रहेको यस गीतलाई नारायण कंडेल को आफ्नै युटुव च्यानलबाट बजारमा ल्याएका छन।व्यवसायिक गीतहरुको बजारमा यथार्थपरक अनी रचनात्मक गीतहरुको खडेरी यो गीतले पक्कैपनी टार्नेछ सम्पूर्ण टिमलाई सफलताको शुभकामना।