सार्बजनिक जीवनमा मर्यादाको पालना गरौँ – एकपटक नपढे पछुतो

सार्बजनिक जीवनमा मर्यादाको पालना गरौँ

सन्तोष कार्की……🖊️
जसरी कसैलाई आफ्नै निजि गाडी भएपनी आफ्नो मर्जी अनुसार ओभर स्पिड चलाउने अधिकार छैन किनकि रोड उसको निजि हैन, सार्वजनिक हो । ठिक त्यसैगरी कुनै पनि नारीलाई आफ्नो मर्जी अनुसार ओभर छोटो र पारदर्शी बस्त्र लगाउने अधिकार छैन किनकि जीवन सार्वजनिक हो । एकान्त रोडमा स्पिड चलाउन पाइन्छ, एकान्त स्थानमा पनि अर्धनग्न हुन पाइन्छ । तर सार्वजनिक जीवनमा सामाजिक नियम मान्नैपर्छ ।

SUBSCRIBE US ON YOUTUBE

DKNEPAL AD SPACE

हेर्न नछुटाउनुहोला है तलको भिडियो

भोजन जब आफ्नो पेटको लागि मात्र पकाइदैछ भने आफ्नो स्वाद र इच्छा अनुसार बनाइन्छ तर सोही भोजन सबै परिवारको लागी पकाइदैछ भने परिवारका सबै सदस्यको रुचि तथा मान्यता पनि हेर्नुपर्छ ।

महिलाको अर्धनग्न तथा पारदर्शी वस्त्र सम्बन्धि मुद्दा उठाउन त्यति नै आवश्यक छ जति केटाहरुको मापसे गरेर नसामा लठ्ठिएर गाडी /मोटरसाइकल चलाउने मुद्दा उठाउन जरुरी छ । यी दुबैमा दुर्घटनाको खतरा बराबर रहन्छ ।

आफ्नो निजि इच्छाको उपभोग आफ्नै घरमा ब्यक्तिगत जीवनमा नै उचित हुन्छ । घरभन्दा बाहिर सार्वजनिक जीवनमा कदम राख्ने बित्तिकै सामाजिक मर्यादा नारी वा पुरुष जो भएपनी दुबैले राख्नैपर्छ ।

महिलाहरूमा घुम्टो र बुर्का जति गलत छ, त्यत्ती नै गलत पारदर्शी र छोटा वस्त्र पनि छ्न । जवान युवतीहरु पनि फेसनका नाममा बच्चाको जस्तो छोटो, छेउ कुना च्यात्तिएको, भित्री अंग देखिने पारदर्शी वस्त्र लगाएर सार्वजनिक स्थानमा घुम्नु हाम्रो नेपाली संस्कृति हुँदै हैन ।

जीवन पनि गितार वा वीणा जस्ता वाद्य यन्त्रको तार सरह हो । ज्यादा कस्नु पनि हुँदैन, ज्यादा खकुलो छोड्नु पनि हुँदैन । यी दुबै गलत हुन्छन् ।

संस्कारको आवश्यक नारी पुरुष दुबैलाई छ । गाडीको दुबै पाङग्रामा संस्कारको हावा रहनुपर्छ । कुनै एउटा पन्चर भएमा जीवन डिस्टर्भ हुनेछ ।

नग्नता यदि आधुनिक हुनुको पहिचान हो भने सबैभन्दा बढी आधुनिक जनावर हुन । जस्को संस्कृतिमा कपडा नै छैन । तसर्थ जनावर संग प्रतिस्पर्धा नगरौं । मानव सभ्यता र संस्कृति लाई स्वीकार गरौं ।
छाडा कुकुरले जतासुकै खुल्ला ठाउँमा पिसाब गर्न सक्छ तर सभ्य मानिसलाई यो अधिकार छैन । मानिसलाई उसको सभ्यताले गोप्य र सुरक्षीत तरिकाले शौचालय नै उपयोग गर्नुपर्ने हुन्छ । यहि नै मानव र जनावर बिचको भिन्नता हो । यहि भिन्नताको कारण पशुलाई सार्वजनिक जीवनमा पनि नाङ्गै घुम्ने अधिकार छ तर सभ्य नारीलाई सार्वजनिक जीवनमा पूरा शरीर छोप्ने सभ्य बस्त्रको उपयोग गर्नैपर्ने हुन्छ ।

अन्त्यमा: सम्पुर्ण महिला चेलिहरुलाई बिनम्र अनुरोध छ कि. नजिकै आइरहेको दशै, तिहार छठ पर्वको लागी लुगा किन्दा सार्वजनिक जीवनमा मर्यादा पालना गर्दै किनौं र लगाऔं। नेपाली सभ्यता र संस्कृतिको परिचय दिउ , आफ्नो धर्म र संस्कारप्रती गर्व गरौं । आफ्नै मौलिकतामा खुसी रहौं ।।

********
साथिहरु आजको पोस्ट कस्तो लाग्यो…
पूरा पोस्ट पढिदिनु भएकोमा धन्यवाद । तपाइँलाई यस्तो खाले लेखहरु पढ्न मन लाग्छ भने वा यस्तै खाले लेखहरु छन भने हामीलाई Dknepal पेजमा वा इमेलमार्फत पठाउन सक्नुहुन्छ ।

२०७८ आश्विन १२, मंगलवार प्रकाशित

Dknepal हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।