अदालतको अप्रत्याशित फैसला, ओलिले चाल्न सक्ने तुन कदम के के होला त? उनले चाल्ने तीन कदम भनेका…..
काठमाडौं । सर्वोच्च अदालतबाट सोमबार अप्रत्यासित फैसला आएसँगै प्रधानमन्त्री केपी ओली आफूले चाल्नसक्ने कदमको खोजीमा लागेका छन् । अमेरिकी तथा पश्चिमाहरूको समर्थनमा सर्वोच्च अदालतबाट विशेष खालको फैसला भएसँगै विशेषगरी चिनियाँ सशंकित भएको जानकारहरू बताउँछन् ।
प्रधानमन्त्री ओलीलाई सत्ता लम्ब्याउन दिने कुनै बाटो नराखी आज सर्वोच्चले प्रतिनिधिसभा पुनःस्थापना र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिको आदेश भएपछि चिनियाँहरू झस्किएका हुन् । संसद पुनःस्थापना गरी देउवालाई प्रधानमन्त्री बनाएपछि लामो समयदेखि अड्किएको अमेरिकी संस्था एमसीसीको प्रस्ताव पनि संसदबाट पास गर्न सकिने पश्चिमाहरूको विश्वास देखिन्छ ।
आजको फैसलाले नेपालमा पनि म्यानमारमा जस्तै सैनिक शासनको संकेत पनि देखिएको छ । विशेष कदम चाल्दा मध्यरात कुर्ने गरेका प्रधानमन्त्री केपी ओलीले आजै राति विशेष कदम चाल्नसक्ने देखिएको छ । विश्लेषकहरूका अनुसार घेराबन्दीमा परेका ओलीले चाल्नसक्ने तीन विकल्पमा संकटकाल, राष्ट्रपति शासन वा राजा ज्ञानेन्द्र शाहलाई सत्ता हस्तान्तरण हुनसक्ने देखिन्छ ।
म्यानमारमा जस्तै सेना आफैले सत्ता कब्जा गर्नसक्ने संभावना कम देखिए पनि सेनाको समर्थन पाए ओलीले यी तीन कदममध्ये एक चाल्न सक्ने संभावना भने रहेको छ । अदालतको फैसलाकै दिन अमेरिकाले आजै १५ लाखभन्दा बढि कोरोना विरुद्धको खोप नेपाललाई अनुदान दिनु पनि अर्थपूर्ण देखिन्छ ।