जुन सुकै जातमा होस्, दिमाग खियाउन जान्दैमा वा धेरै पढ्दैमा सोच, मन, संस्कार र ब्यवहार आफै परिवर्तन हुँदैन- भिम उपाध्याय
कर्मीहरू समाजको अर्थतन्त्रका मूल आधार र मेरूदण्ड थिए। तर कसैको उक्साहटमा लागेर तिनले आआफ्ना पेशा छाडेर समाजमा औचित्यहीन भए तर नयॉ आधुनिक शिक्षा पेशा पनि गर्न सकेनन्।
आफ्ना मौलिक पुस्तौँ देखिको सीपलाई आधुनिकिकरण गरेर समृद्ध बन्न पनि सकेनन्। सम्मान पनि गुमाउदै गएर अहिले आएर दलित भनाउन पुगे र राज्यबाट बिशेष सुबिधा खोजे। पहिले तिनीहरु बिना समाज चल्न संभव नै थिएन। पृथ्वीनारायण शाहले जहिले पनि तिनलाई अघि लगाए सम्मान गरे। विषे नगर्ची अगाडि नगई अरू कोही जान सक्दैन थियो। आज पनि विवाहमा दमाईहरु बाजा बजाएर अगाडि नगए जन्ति नै डेग चल्दैन। जन्ति पुगेपछि पहिला तिनै दमाईलाई राम्ररी भोजन गराएर खुशी पारिन्छ।
आज भन्दा ५० वर्ष अघि मात्र फर्केर हेरौँ। के कुनै समाज कामी, दमाई, सुनार, सार्की जस्ता सिल्पीबिना चल्न संभव थियो? ती समाजका भौतिक संरचनाका जग र आधार थिए, जसमा टेकेर समाजको अर्थतन्त्रको ईन्जिन चल्थ्यो। अनि तिनीहरु अहिलेको अर्थतन्त्रको आधार र मेरूदण्ड किन बन्न सकेनन्? चिन्तन गरौँ।
समाजमा सबैको औचित्य छ । कोही पनि निकम्मा हुदैन तर आफ्नो कला सीप चटक्कै छाडेपछि आफै पछाडि पर्ने हुन्छ । नेपालमा त्यही भएको त हैन?
जनजातिहरू जत्ति रमाईलो समाज अरू कोही हुदैन। जीवन रमेर कसरी जीउने जनजातिको समाज गएर घुलमुल भएकालाई राम्ररी थाहा छ। म त जनजाति समाजमा पुग्दा यति रम्छु कि कास म पनि जनजाति परिवारमा जन्मेर यति स्वतन्त्र हुन पाएको भए भन्ने पनि लाग्छ। तर कसैको जन्म पनि उसको आफ्नो हातमा हुदैन। अहिले जनजातिको समाजमा महत्व कम हुदै जानुमा तिनीहरू धर्म र संस्कृतिलाई पनि निरन्तर लोप गराउने बाह्य षडयन्त्र हो।
बाहुन, क्षेत्रीलाई रमाइलो गर्न त्यति आउदैन, मदिरा मासु खान र नाचगान खेलकुद गर्न हुदैन भनिन्थ्यो किनभने तिनको समाजमा ड्युटी अर्कै थियो। धेरै नैतिक बन्धनमा अनुशासित भएर बस्नुपर्थ्यो। खासमा स्वतन्त्र पनि थिएनन। समाजमा जसले पनि औला देखाउला भन्ने डर हुन्थ्यो। अहिले बाहुन क्षेत्री पनि आफ्नो धरातल छाडेर औचित्यहीन हुन थालेका छन्।
नराम्ररी नैतिकच्यूत भएकाहरू बाहुनहरू नै अधिकाँश हुन्। राजनीति र प्रशासनमा बाहुनको बर्चश्व रहेको हो र अहिले पनि छ र हुन्छ पनि । तर जब नैतिकता नालीमा फालिदै गईयो तिनका काम पनि पापको कुण्ड हुन पुगेको छ। अरूले बाहुनलाई दोष दिएको पनि ती नैतिकहीन भएरै हो। समाजमा जस्को सम्मान र ताकत नै नैतिकता थियो त्यो नै सोत्तर भए पछि तिनले ईज्जत पाउने कुरै भएन।
हामी आज जे छौँ त्यो हाम्रो विगतको परिणाम र निरन्तरता नै हो। जुन सुकै जातमा होस्, दिमाग खियाउन जान्दैमा वा धेरै पढ्दैमा सोच, मन, संस्कार र ब्यवहार आफै परिवर्तन हुने हुदैन। मानिसमा उत्कृष्ठ गिदी भएकोले पढ्नु त खुब पर्छ तर साथसाथै संस्कार पनि सुसंस्कारित पार्दै लगेको हुनुपर्छ।