सामाजिक बिषयबस्तुमा बनेको पलपल चोट सार्वजनिक सनम र दियाको उत्कृष्ट अभिनय

पछिल्लो समयकी लोकप्रिय गायिका मिलन नेवारको आवाजमा रहेको पल पल चोट एक विशेष सामाजिक विषयबस्तुको उत्कृष्ट प्रस्तुति सहित सार्वजनिक भएको छ । बाझोपनको कारक महिला मात्रै हुन्न भन्ने अन्धविश्वासलाई चिर्दै प्रसिद्ध मोडल सनम कठायतको कथा/ परिकल्पनामा जनक सिंको निर्देशन रहेको उक्त भिडियोलाई एभरेष्ट ग्यालरीले निर्माण तथा बजार व्यवस्थापन गरेको छ । भिडियोमा मोडल सनम कठायतसङ्गै टिकटिकबाट उदाएकी प्रतीभाशाली मोडल दिया जिसिको मुख्य भुमिका रहेको छ । दिपक गिरिको छायांकन , टेकेन्द्र शाहको सम्पादन रहेको उक्त भिडियोको गीत त्रिवेणि डिजिटलले निर्माण गरेको हो । करिब चार वर्ष पहिल्यै गायक युवराज चौलागाईंको आवाज सार्वजनिक भएको यो गीतको संगित राजकुमार बगरले गर्नु भएको छ भने शब्द मनोज गुरुङको रहेको छ

२०७८ बैशाख ७, मंगलवार प्रकाशित