पिरतीको परिक्षामा शितल शर्माको “पिरतीमा A+” आउने पक्का

पिरतीको परिक्षामा शितल शर्माको पिरतीमा A+ आउने पक्का

नेपाली सङ्गीतको आकाशमा “पिरतीमा A+” नामको अर्को इट्टा थपिएको छ। एकपछी अर्को खुड्किलामा उक्लदै सबैको मन जित्न सफल गायिका मोडेल तथा लेखिका शितल शर्माले अर्को परीक्षा दिएको खबर आएको छ, उक्त पिरतीको परिक्षामा “पिरतीमा A+” नतिजा आउने पक्का भएको र आफ्नै युट्युब च्यानल Shital Sharma बाट सार्वजनिक हुने भएको छ। रमेश बिजिको शब्द संकलन रहेको उक्त गितमा बैकुण्ठ महतले सङ्गीत भरेका छन भने शितल शर्मा र बैकुण्ठ महतले नै आवाज दिएर उक्त गितलाइ जीवन्त पारेका छन।

सबैको मनमा बस्न सफल रहेकी चर्चित एवं सुन्दरी मोडेल अञ्जली अधिकारी र अर्जुन गौतमको बेजोड अभिनय रहेको यस गितको संयोजन कृशन बिके भन्जाले गरेका छन भने मौसम हिमालीको निर्देशन रहेको छ।

बैशाख १ यानी अपृल 14 मा सार्बजनिक हुँदै गरेको गित शितल शर्मा कै युट्युब च्यानल Shital Sharma बाट सार्वजनिक हुने छ। माया र पिरतीका बारेमा खुलेर चर्चा अभिनय गरिएको यो कोशेलीले सबैको मन जित्ने छ भन्नेमा हाम्रो आशा छ शितलले भनिन। फरक शैलिमा सार्बजनिक गरिएको यो गितका सम्पुर्ण टिमलाई बधाइ एवं शुभकामना ।

२०७७ चैत्र ३१, मंगलवार प्रकाशित