‘चौथो राष्ट्रिय समाबेसी म्युजिक अवार्डमा रिजाल बने सर्बोकृष्ट नव गायक

पावर इन्टरनेशनल मिडिया नेपालको आयोजनामा ‘चौथो राष्ट्रिय समाबेसी म्युजिक अवार्ड-२०७७’ सम्माननिय परमानन्द झाको प्रमुख अतिथ्यतामा हिजो मात्रै सप्पन्न भएको छ । उक्त म्युजिक अवार्डमा सर्बोकृष्ट नव गायकको अवार्ड सर्जक तथा गायक केशव रिजालले “नौजाले ” गीतबाट उचाल्न सफल भएका छ्न् । बिगत केही बर्षयता वैदेशिक रोजगारको शिलशिलामा अमेरिकाको क्यार्लिफोनियामा रहेका रिजाल करिब एक दशक देखि नेपाली गीतसंगीत क्षेत्रमा सकृय छ्न् ।

पर्वतको पाङमा जन्मिएका रिजालले “हिमालको काँख बाट सेती बग्यो ” बोलको गित बाट आफ्नो सांगीतिक शुरूवात गरेका हुन । त्यसयता आफ्नो स्वर लय तथा शब्द सिर्जनामा थुप्रै गितहरु बजारमा ल्याइ सकेका छन् । उनको सिर्जना तथा स्वर रहेका हिमालको काख,कोदो,नौजाले,लगायतका गीतले नेपाली सांगीतिक बजारमा राम्रो लोकप्रियता पाएका छ्न् ।

उक्त ‘चौथो राष्ट्रिय समाबेसी म्युजिक अवार्ड-२०७७’ अबसरमा दिर्घ साधना सम्मान बाट बरिष्ट संगीतकार राजु सिंह र रजत सम्मान बाट गायक तथा संगीतकार कनैया सिंह परियारलाइ सम्मान गरिएको थियो।

२०७७ चैत्र २७, शुक्रबार प्रकाशित