जनताका समस्यामा मौन बस्ने अनि न्याय र समानताको ध्वाङ दिने ?

कुमार थापा, काठमाडौं । समाजमा भएका सबैखाले विभेदको अन्त्यका लागि अडिग भएर दृढतापूर्वक लडिरहने एक मात्र पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हो। सुरुवाती दिनदेखि नै भोजपुरको अरुण गाउँपालिकामा भएका असल कार्यहरुमा साथ, सहयोग र समर्थन गरेको साथै जनताको विरुद्धमा भएका खराब गतिविधिहरुको निरन्तर रुपमा विरोध तथा असमर्थन जनाउँदै आइरहेको छ।

त्यति मात्र हैन, अरुण गाउँपालिका भित्र रहेका सबै खाले अन्याय, अत्याचार, विकृति, बिसंगति र भ्रष्टाचारको राजनैतिक एवम् वैचारिक तवरबाट अन्त्य गर्दै समाजिक न्यायसहितको सम्मुन्नत समाज निर्माणका लागि नेकपा अरुण अहोरात्र खटिरहेको कुरा घामझैं छर्लङ्ग छ। केही विपक्षी दलहरु नेकपाको जनअपेक्षित स्पीड देखेर छट्पटाइरहेका मात्र छैनन्, उनीहरु कसरी नेकपालाई गिराउन सकिन्छ भनेर अनेक षड्यन्त्र रचिरहेका छन्। यो कुरा गाउँपालिकामा घटाइएका विभिन्न काण्डहरुले स्पस्ट भएको छ।

SUBSCRIBE US ON YOUTUBE

DKNEPAL AD SPACE

नेकपा अरुण पार्टी पछिल्लो समय जनताको आसा र भरोसाको केन्द्र बन्दै गइरहेकोले विभिन्न पार्टी परित्याग गरि नेकपा मा प्रबेस गर्नेहरुको संख्या पनि पछिल्लो समय बढ्दै गएको देखिन्छ । नेकपाको बढ्दो लोकप्रियतालाई देखेर बिपक्षी पार्टी र तिनको आडमा रहेका केही जातीय तथा धार्मिक सद्भाव भड्काउने बिखण्डनकारी झुन्डहरुले आफ्नो असली रुपसहित नाङ्गो नाच देखाइरहेका छन्, यो कुनै आरोप हैन, सत्य हो ।

केही दिन अगाडि चम्पेका केही युवाहरु जनता समाजवादी पार्टीमा प्रवेश गरेको हप्ता दिन नबित्दै हिमाल थापा मगरको टिमले प्रेस विज्ञप्ति मार्फत् जसपा जातीय , धार्मिक तथा सामाजिक रुपमा बिखण्डन ल्याई जातीय तथा धार्मिक युद्ध भड्काउने साथै अरुणको सन्दर्भमा अन्ततः नेपाली कांग्रेसको भाइ पार्टी भएको तथ्य प्रमाणित भएको भन्दै पार्टी परित्याग गरेको जानकारी दिएका थिए। तर उक्त विज्ञप्तिमा नेकपामा प्रवेश गरेको भने उल्लेख गरिएको थिएन। यता असामाजिक, असहिष्णु , गैरराजनीतिक, बिखण्डनकारीको समुहले जसपाको लेटर प्याडमा हिमाल थापा मगरको टिमले नेकपामा प्रवेश गरेको र नेकपाले हिमाल थापा मगरको टिमलाई उक्साएको भनी प्रायोजित रुपमा, अनर्गल तथा तथ्यहिन आरोप लगाउनु आफैंमा हास्यास्पद छ।

अरुण गा.पाको हकमा जसपाको नाममा भ्रष्टाचारको बिलो थाप्न दोबाटो ढुक्नेहरुले आफू न्याय र समानताको पक्षपाती हो भन्नू आफ्नो वास्तविकताको ढाक छोप गरि लाज पचाउनका लागि फैलाइएको भ्रम मात्र हो। यदि न्याय, समानता र भ्रष्टाचारको विरोध र भण्डाफोर गर्ने पार्टी हो भने यस अगाडि भएका बिरुवा काण्ड, मल काण्ड , फाएल काण्ड , पाईप काण्ड , बोका काण्ड, घाँस काण्ड लगायतका अनियमितताका बिषयमा तपाईंहरु जस्ता असल , न्यायप्रेमी हुँदाहुँदै किन बोल्न सक्नु भएन? जनतालाई समस्या परेको बेला गुप्तबास बस्ने, सास फेर्न नसक्ने अनि बडो न्याय र समानताको ध्वाङ दिने ? अलिकति पनि लाज छैन ? त्यसैले बोलेर मात्रै हुँदैन काम गरेर देखानुहोस् तब मात्रै जनताले पत्याउने छन्।

तपाईंहरुलाई हामी आह्वान गर्न चाहन्छौं , बरु सच्चिएर आउनुहोस् सांच्चै न्याय र समानताको पक्षमा काम गर्नुहुन्छ भने, होइन भने यस्ता असहिष्णु र फोहोरी खेलमा लागेर यति असल मान्छेहरु दुर्गन्धित नबन्नुहोस्। अत: यी र यस्ता खाले भ्रम र अनर्गल गतिविधिबाट सचेत रहँदै हाम्रो पार्टी नेकपा सधैं दृढ संकल्पका साथ आदरणीय अरुण बासी आमाबुबा दाजुभाइ तथा दिदीबहिनीहरुको निस्वार्थ र निष्पक्ष रुपमा न्याय र समानताको लागि लडिरहनेछ भन्ने प्रतिबद्धता ब्यक्त गर्दछौं ।

अन्त्यमा नेकपा अरुण गाउँपालिका समर्थक फेसबुक पेज पार्टीको आधिकारिक नभएको तर नेपाल कम्युनिष्ट पार्टी “नेकपा” अरुण गाउँपालिका, भोजपुर मात्र आधिकारिक पेज भएको कुरा समेत सम्बन्धित सबैमा जानकारी गराउँदछौँ।

(थापा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भोजपुर जिल्ला कमिटी सदस्य एवम् अरुण गा.पा वडा नं ५ र ७ का इन्चार्ज हुन् )

२०७७ कार्तिक २३, आईतवार प्रकाशित

Dknepal हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।