९० बर्सका वृद्ध पिताको आशिर्वाद लिएर प्रम ओलि भर्ना भए अस्पताल, कसले दियो मृगौला ?

९० वर्षीय पिताको आशिर्वाद लिएर प्रधानमन्त्री ओली अस्पताल भर्ना- हेर्नुस तलको भिडियो के भन्छन ओलि जानू भन्दा अघि?

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौंला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज भर्ना भएका छन् । ९० वर्षीय पिता मोहन प्रसाद ओलीको आशिर्वाद लिएर प्रधानमन्त्री ओली बालुवाटारबाट सोमबार मिर्गौंला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पताल प्रस्थान गरेका हुन् ।

आज र भाेलि आवश्यक तयारीपश्चात फागुन २१ गते बुधवार उनकाे दाेस्राेपटक मिर्गौंला प्रत्याराेपण गरिने भएकाे छ । २०६४ साउनमा भारतकाे एपाेलाे अस्पतालमा उहाँकाे पहिलाेपटक प्रत्याराेपण गरिएकाे थियाे ।

नेपालकै अस्पताल, विशेषज्ञ चिकित्सक, उपकरण र उपलब्ध सेवामा विश्वास र भराेसा गरी प्रधानमन्त्री ओलीले स्वदेशमै मिर्गौंला प्रत्याराेपण गराउने निर्णय लिएका हुन् ।

प्रधानमन्त्रीले आफू छिट्टै निको भएर फर्कने बताउदै भर्ना हुनुअघि भिडियो सन्देश दिएका थिए। ओलीलाई भान्जीले मिर्गौला दिनेछिन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*